दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
नेपालबाट भारततर्फ अवैध रुपमा लगिदै गरेको अवस्थामा प्रहरीले ८ कार्टुन मामाश्री मदिरा नियन्त्रणमा लिएको छ ।
भारतको बिहार राज्यको विभिन्न सहरमा पु¥याइ मँहगोमा बिक्रि हुने गरेकाले मदिरा तस्करीमा केही व्यक्ति सक्रिय रहेको सुराकीका आधारमा सप्तरी प्रहरीले सीमानाका क्षेत्रमा निगरानी बढाएको छ ।
यसैक्रममा अघिल्लो दिन चेक जाँचको क्रममा सप्तरीको राजगढ गाउपालिका २ कमलपुर सडकखण्डमा प्रहरीले मोटरसाईकलमा बोरामा लुकाई छिपाई भारततर्फ लैजादै गरेको अवस्थामा ८ कार्टुन मामाश्री मदिरा बरामद गरिएको प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीलाई देख्नासाथ तस्करहरु मोटरसाईकल र मदिरा राखिएको बोरा छाडेर भागेको उनको भनाई छ । बरामद मदिरा र मोटरसाइकल मंगलवार आवश्यक कारवाहीका लागी राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
भारतको विहार राज्यमा मदिरा विक्री वितरणमा रोक लगाइएपछि त्यहाँका मदिरा प्रेमीलाई लक्षित गरी विभिन्न ब्राण्डका नेपाली मदिरा तस्करी हुने गरेको सुचनाका आधारमा नाका क्षेत्रमा निगरानी बढाइनुका साथै चेकजाँचमा कडाइ गरिएको उनको भनाइ छ ।
भारततर्फ लैजादै गरेको ८ कार्टुन “मामा” भन्सार चलान
सारांश
- भारतको बिहार राज्यको विभिन्न सहरमा पु¥याइ मँहगोमा बिक्रि हुने गरेकाले मदिरा तस्करीमा केही व्यक्ति सक्रिय रहेको सुराकीका आधारमा सप्तरी प्रहरीले सीमानाका क्षेत्रमा निगरानी बढाएको छ ।
- यसैक्रममा अघिल्लो दिन चेक जाँचको क्रममा सप्तरीको राजगढ गाउपालिका २ कमलपुर सडकखण्डमा प्रहरीले मोटरसाईकलमा बोरामा लुकाई छिपाई भारततर्फ लैजादै गरेको अवस्थामा ८ कार्टुन मामाश्री मदिरा बरामद गरिएको प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
- प्रहरीलाई देख्नासाथ तस्करहरु मोटरसाईकल र मदिरा राखिएको बोरा छाडेर भागेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया