दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सरकारले संविधानलाई वेवास्ता गर्दै संबैधानिक निकायहरुमा नियुक्ति गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षद्वारा बिहीबर आहवान गरेको आम हड्तालका कारण सप्तरीको जनजिवन पनि प्रभावित भएको छ ।
बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् भने फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए । अधिकांश बजारहरु बन्द रहयो भने फाटफुट रुपमा खुलेका पसलहरु पनि प्रदर्शनकारीले बन्द गराएका थिए ।
बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भारदह, कंचनपुर, शम्भुनाथ, कठौना, कल्याणपुर, कदमाहा लगायतका बजारमा देखिएको थियो । बिहानैदेखी सो सडकखण्डमा प्रदर्शनकारीहरुले टायर बालेर बिरोध प्रदर्शन गरेका थिए ।
यता स्थानिय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपनि बिहानैदेखी बन्द सफल पार्न सडकमा निस्केका प्रचण्ड–नेपाल समूहका कार्यकर्ता सरकारबिरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरिरहेका थिए ।
आमहड्तालका क्रममा एम्बुलेन्स, पानी, दुध, तरकारी र संचारकर्मीको गाडीमा भने कुनै अवरोध गरिएन् । बन्द शान्तिपूर्ण रहेको र कोही कार्यकर्ता पक्राउ नपरेको नेकपा प्रचण्ड–नेपाल पक्षका जिल्ला अध्यक्ष अशोककुमार मण्डलले जानकारी दिएका छन् ।
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर
सारांश
- बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् भने फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए ।
- अधिकांश बजारहरु बन्द रहयो भने फाटफुट रुपमा खुलेका पसलहरु पनि प्रदर्शनकारीले बन्द गराएका थिए ।
- बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भारदह, कंचनपुर, शम्भुनाथ, कठौना, कल्याणपुर, कदमाहा लगायतका बजारमा देखिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया