एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन

राजविराज राजविराज
|
बुधबार, आश्विन १४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन

सारांश

  •     साहलाई उपचारका लागि बिराटनगर हुँदै काठमाडौंको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
  • उपचारकै क्रममा सोमबार साँझ उनको मृत्यु भएको हो ।
  •       ६० वर्षिय साहको ब्रेन एट्याकका कारण मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ असोज । 
    राजविराज ४ निवासी एथलेटिक्सका पूर्व प्रशिक्षक रमेश प्रसाद साहको सोमबार उपचारका क्रममा निधन भएको छ ।
    साहलाई उपचारका लागि बिराटनगर हुँदै काठमाडौंको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार साँझ उनको मृत्यु भएको हो । 
    ६० वर्षिय साहको ब्रेन एट्याकका कारण मृत्यु भएको सो अस्पतालले जनाएको छ । २०५२ साल असोज १ गतेदेखी प्रशिक्षक पदमा जागिरे जिवन सुरु गरेका उनी २०७५ कात्र्तिक २ गते सेवा निवृत भएका थिए । उनी एथलेटिक्स संघ सप्तरीका पूर्वसचिव समेत हुन् । 
    यसैबीच मंगलबार जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, पूर्व अन्तराष्ट्रिय खेलाडी श्रीलाल देव, प्रशिक्षक प्रशिक्षण विभागका प्रमुख राजकुमार परियारसहित खेलाडी प्रशिक्षक, समाजसेवी लगायतले खेलकुद विकास समितिको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 
    एथलेटिक्स संघ सप्तरीका अध्यक्ष देवकान्त चौधरी, प्रशिक्षक प्रकाश मल्ल, रमेश श्रेष्ठ, उमेश प्रधान, संजय जोशी, सिताराम चौधरी, उमेश गुरुङ तथा खेलाडीहरुका साथै ठूलो संख्यामा उपस्थिति सर्वसाधारणले स्व. साहलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 
    शव सप्तकोशी किनारमा पु¥याएपछि स्व. साहका जेठा छोरा विकासले पार्थिव शरीरमा दागबत्ति दिएका थिए । उनका पत्नि, दुई छोरा र एक छोरी छन् । 
    यता साहको निधनप्रति जिल्ला खेलकुद विकास समिति र खेलकुद पत्रकार मञ्चले दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने 
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने 
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
वक्तृत्वकला प्रतियोगिता सम्पन्न 
वक्तृत्वकला प्रतियोगिता सम्पन्न 
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह