मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह

राजविराज राजविराज
|
मंगलबार, श्रावण २७, २०८२
|
|
६६ पटक हेरिएको
Shares
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह

सारांश

  •     अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘दिगो विकास र सुनौलो भविष्यको सार, स्थानिय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ सप्तरी युथले मंगलबार राजविराजमा आयोजना गरेको पाँचौं युवा सम्मलेनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
  •     मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण शिक्षा क्षेत्र विग्रिएको बताउँदै आफ्ना नाता गोताका व्यक्तिलाई विद्यालयमा भर्ना गर्ने प्रवृत्तीले पनि शिक्षामा गुणस्तर घट्दै गएको औल्याए ।
  • उनले सरकारी र निजी विद्यालयले त्यसमा सुधार ल्याउन पहल गनुपर्ने आवश्यकता रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 

    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति रहेको बताएका छन् । 
    अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘दिगो विकास र सुनौलो भविष्यको सार, स्थानिय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ सप्तरी युथले मंगलबार राजविराजमा आयोजना गरेको पाँचौं युवा सम्मलेनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
    मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण शिक्षा क्षेत्र विग्रिएको बताउँदै आफ्ना नाता गोताका व्यक्तिलाई विद्यालयमा भर्ना गर्ने प्रवृत्तीले पनि शिक्षामा गुणस्तर घट्दै गएको औल्याए । उनले सरकारी र निजी विद्यालयले त्यसमा सुधार ल्याउन पहल गनुपर्ने आवश्यकता रहेको बताए । 
    “अहिले युवाहरु लागुऔषध र कूलतमा लागेर आमाबुवाले देखेको सपना सखाप पार्ने काम गर्दे आएका छन । यदि आमाबुवाको सपना पुरा गर्न नसक्ने हो भने सखाप पार्ने काम पनि नगर्नुस्” उनले आग्रह गरे ।
    मधेश सरकारले स्किल स्कूलको कन्सेप्ट ल्याउन लागेको जानकारी दिदै मुख्यमन्त्री सिंहले ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरुलाई त्यसमा सहभागिता गराउने जानकारी पनि दिए ।
    एक अर्को प्रसङ्गमा मुख्यमन्त्री सिंहले संघीयता र स्थानियततहको अवधारणा आएपछि देशमा विकास भएको दाबी गरे । संघीयता आएपछी हिलो जमेको गाउँमा सडक ढलान भएर विरामीलाई अस्पताल सम्म पु¥याउ सहज भएको उल्लेख गर्दै उनले गाउँमा दुई फिट सम्म हिलो हुन्थ्यो जसले गर्दा विरामीलाई अस्पताल पु¥याउन पनि समस्या थियो तर अहिले गाउँ–गाउँमा सडक ढलान भएको छ र संघीयता आएपछि मात्रै सम्भव भएको बताए ।
    सप्तरी युथका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित सम्मेलनमा जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, तिरहुत गाउँपालिका अध्यक्ष विजय कुमार यादव, नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेती, नागरिक समाजका थानसिंह भन्साली, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वास, युवा सत्येन्द्र यादव सहितका वक्ताहरुले सम्मेलनको सफलताको शुभकामना दिए ।
    सोही कार्यक्रममा आ–आफ्नो क्षेत्रमा अतुलनीय योगदान पु¥याएका पत्रकार विदानन्द राम, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गायक सन्नु कुमार, महिला क्रिकेट खेलाडी साक्षी यादव र व्यापारी जयकुमार सोनीलाई मुख्यमन्त्री सिंहले सम्मान गरेका थिए । 
    सम्मेलनमा जिल्लाको १८ वटै पालिकाका प्रत्येक पालिकाबाट ६÷६ गरी १०८ जना युवाहरुको सहभागीता रहेको र सम्मेलनबाट नयाँ कार्य समिति समेत चयन गरिने आयोजक संस्था सप्तरी युथले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण