दैनिक समाचारदाता
राजविराज, १५ असार ।
दुई दिनदेखी भइरहेको अविरल वर्षाका कारण सप्तरी पूर्ण रुपले प्रभावित बनेको छ ।
वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाटो कटान गरेको छ भने कतै घर घरमा पानी पसेर सर्वसाधारणको जनजीवन कष्टकर बनाएको हो ।
राजविराज नगरपालिकाको सिरहा रोडमा समेत वर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । यस्तै राजविराज ८ को हिमालय टोल, राजविराज २ को भलुवाही टोल र राजविराज ५ को मिथीला टोल लगायतका स्थानमा समेत वर्षाको पानी सडक हुदै घर सम्म पुग्दा सर्वसाधारण हैरान भएका छन् ।
यता अबिरल बर्षाको कारण जिता नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको दुई ठाउँमा बाँध कटान गरेको छ । सो गाउँपालिका वडा नं. ५ को. बर्साइनको बर्साइन टोलस्थित खोलाले करिब ५ मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको छ ।
यस्तै जिता खोलाको बाढीले तिलाठीकोइलाडी गाउँपालिका ८ स्थित राजविराज भन्सार कार्यालय नजिकैको ५० मिटर सडक भत्काएको छ ।
यसैगरी वडा नं. ७ मा गत बर्ष भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ । वडा नं. १ तिलाठीस्थित समेत खाँडो खोलाको पश्चिमी बाँधमा कटान लागेको छ । वडा नं. ७ र वडा नं. १ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य बुधबारबाटै शुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिए ।
बाँध भत्किएको ठाउँहरुको बुधबार विहानै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. ५ का वडाअध्यक्ष ललनप्रसाद राउत, ईन्जिनियर भाष्कर प्रसाद सिंह तथा विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झासहितको टोलीले निरीक्षण गरी आवश्यक मर्मत सम्भारको ब्यवस्थापन गर्न निर्देशन दिएको जनाइएको छ ।
यस्तै वर्षाको पानीले निकास नपाउँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ कोचाबखारी टोलमा १ दर्जन भन्दा बढी घरमा पानी पसेको स्थानीय आमोद रामले बताए । उनका अनुसार स्थानीय सरिता देवी राम, फेकन राम, सुनल राम, सुकदेव राम, महेन्द्र राम लगायतका एक दर्जन भन्दा बढीको घरमा पानी पसेको छ । उक्त टोलमा घर घरमा पानी पसेको खबर पाएपछि तत्तकालै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, वडाअध्यक्ष जयप्रकाश ठाकुर, समाजसेवी अजित ठाकुर, रामरुप शर्मा लगायतको एक टोली पुगी जेसिबी मार्फत पानी निकासको व्यवस्थामा जुटेको स्थानीयवासी फेकन रामले जानकारी दिए । वर्षाको पानी सोही वडा स्थित स्वास्थ्य चौकीमा प्रवेश गरेपछि स्वास्थ्य सेवा प्रभावित भएको इन्र्चाज राजाबाबु मेहताले जानकारी दिए ।
वर्षाको पानीले सो टोल स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा समेत क्षती पु¥याएको प्रध्यापक कुलानन्द झाले बताए । प्रशासनिक कोठामा समेत पानी पस्दा पाठ्य समाग्री र कार्पेट लगायतका सर समाग्रीमा क्षती पुगेको उनले बताए । निरन्तरको वर्षाले उक्त वडाको ग्रामिण बाटो समेत कटान गर्दा आवत जावतमा समस्या भएको स्थानीय सुजित ठाकुरले जानकारी दिए ।
निरन्तरको वर्षाले सप्तरीको खाँडो, महुली, सप्तकोशी, त्रियुगा, जिता, बलान, सुन्दरी, खडक, भलुवाही लगायतका नदी खोलामा पानीको वहाव बढ्दै गए पनि अहिले सम्म कुनै मानवीय क्षती भने नभएको तथा जोखिम मानिएका क्षेत्रमा निगरानी र सक्रीयता बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
सारांश
- वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाटो कटान गरेको छ भने कतै घर घरमा पानी पसेर सर्वसाधारणको जनजीवन कष्टकर बनाएको हो ।
- राजविराज नगरपालिकाको सिरहा रोडमा समेत वर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् ।
- यस्तै राजविराज ८ को हिमालय टोल, राजविराज २ को भलुवाही टोल र राजविराज ५ को मिथीला टोल लगायतका स्थानमा समेत वर्षाको पानी सडक हुदै घर सम्म पुग्दा सर्वसाधारण हैरान भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया