राजविराज÷सप्तरीमा आगलागिका घटना दिन प्रतिदिन बढ्दै गएको छ । फागुनदेखी सुख्खा तथा हावाहुरी चल्ने मौसम रहेकोले सावधानी नअपनाउँदा अहिले आगालागिका घटनाहरु बढ्दै गएका हुन् ।
गर्मी मौसमको सुरुवात सँगै चल्ने हावाहुरीले सप्तरीमा दुई साता यता एक दर्जन आगलागिका घटनाहरु भएका छन् । आगलागिबाट एक करोड भन्दा बढीको क्षति भइसकेको छ । यसै क्रममा शुक्रबार साँझ जिल्लाको तिरहुत गाउँपालिका ५ लोहजरामा बिजुलीको तार सर्ट भई आगलागि हुँदा २ लाख ३ हजार नगदसहित झण्डै ४१ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानिय रामकिसुन मैरता यादवको घरमा बिजुलीको तार सर्ट भई आगलागि हुँदा टाँसिएको छिमेकी घरहरु देवनारायण ठाकुर, उपेन्द्र ठाकुर, सत्यनारायण ठाकुर र हरिनारायण ठाकुरको घर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो आगलागि कंचनरुप, हनुमाननगर कंकालिनि, राजविराज र शम्भुनाथ नगरपालिकाबाट आएका चार वटा दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासीहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागिमा रामकिसुन मैरता यादवको जस्ता पत्ताको छानो र ईट्टाको पर्खाल भएको ४ वटा घर, नगद १८ हजार, गरगहना तथा अन्य सामानसहित अन्दाजी १३ लाख २३ हजार, देव नारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको २ वटा घर, नगद १ लाख ३० हजारसहित ८ लाख ३० हजार, उपेन्द्र ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको २ वटा घर तथा अन्य सामानसहित ३ लाख ४८ हजार, सत्यनारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको ३ वटा घर, नगद १५ हजार तथा अन्य सामानसहित ६ लाख ९२ हजार र हरी नारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको ३ वटा घर, नगद ४० हजार तथा अन्य सामानसहित ९ लाख ६ हजार मुल्य गरि ४० लाख ९९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दुई साता यता छिन्नमस्ता गाउँपालिका, बलानबिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका तथा बोदेबरसाइन र राजविराज नगरपालिकाको विभिन्न वडामा गरि आगलागिका १२ वटा घटना भई एक करोड ५ लाख भन्दा बढीको क्षति भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागको तथ्याङ्कले देखाएको छ ।
फुसको संरचना भएका अत्याधिक घर रहेको सप्तरी आगलागिका बढी घटना हुने जिल्ला पर्दछ । तर, थप बारुणयन्त्रको अभावले आगलागिका समयमा निकै समस्या हुने गरेको छ । १८ पालिका रहेको जिल्लामा राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका र शम्भुनाथ नगरपालिका गरि चार पालिकासँग मात्र बारुणयन्त्र छ । १४ पालिका अझै बारुणयन्त्र बिहीन छ । यस्तै प्रहरी तालिम केन्द्रसँग पनि एउटा बारुणयन्त्र रहेको छ ।
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
सारांश
- सो आगलागि कंचनरुप, हनुमाननगर कंकालिनि, राजविराज र शम्भुनाथ नगरपालिकाबाट आएका चार वटा दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासीहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
- आगलागिमा रामकिसुन मैरता यादवको जस्ता पत्ताको छानो र ईट्टाको पर्खाल भएको ४ वटा घर, नगद १८ हजार, गरगहना तथा अन्य सामानसहित अन्दाजी १३ लाख २३ हजार, देव नारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको २ वटा घर, नगद १ लाख ३० हजारसहित ८ लाख ३० हजार, उपेन्द्र ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको २ वटा घर तथा अन्य सामानसहित ३ लाख ४८ हजार, सत्यनारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको ३ वटा घर, नगद १५ हजार तथा अन्य सामानसहित ६ लाख ९२ हजार र हरी नारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको ३ वटा घर, नगद ४० हजार तथा अन्य सामानसहित ९ लाख ६ हजार मुल्य गरि ४० लाख ९९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- दुई साता यता छिन्नमस्ता गाउँपालिका, बलानबिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका तथा बोदेबरसाइन र राजविराज नगरपालिकाको विभिन्न वडामा गरि आगलागिका १२ वटा घटना भई एक करोड ५ लाख भन्दा बढीको क्षति भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागको तथ्याङ्कले देखाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया