दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
सप्तरी उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । विभिन्न कारणवश अरुण प्रधान नेतृत्वको कार्यसमितिले दुई कार्यकाल भन्द्या बढी अर्थात सात वर्ष बिताएको छ ।
आज हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा संघका वर्तमान उपाध्यक्ष शंकर दास र पुराना उद्योगि लालुप्रसाद अग्रवालबीच ठक्कर हुने देखिएको छ । उनीहरु दुबैले आफ्नो नेतृत्वमा समूह बनाएर उम्मेदवारी दिएका छन् ।
अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा लालुप्रसाद अग्रवाल र उनको समूहबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंह रहेका छन भने उक्त समूहबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहाल रहेका छन् ।
त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार शंकर दासको समूहबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडा तथा उक्त समूहबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साह, महिला सदस्य पदमा साधना दास उम्मेदवार बनेका छन् ।
यस्तै उद्योग उपाध्यक्षतर्फ बासुदेव साह समेतले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यतर्फ दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
१४ पदका लागि हुन गइरहेको निर्वाचनमा ३१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिका संयोजक रामकुमार यादवले जानकारी दिएका छन् । राजविराजस्थित केअमाबिको प्राङ्गणमा हुन गइरहेको निर्वाचनमा जिल्लाभरिका १ हजार ३ सय २२ जना मतदाता रहेका छन् । गत निर्वाचनमा ५ हजार ४ सय मतदात रहेका थिए ।
नयाँ निर्वाचनबाट एक जना अध्यक्ष, एक जना उधोग उपाध्यक्ष, एक जना बाणिज्य उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष, ६ जना सदस्य तथा एक जना महिला सदस्य गरि १४ जना निर्वाचित हुने प्रावधान रहेको निर्वाचन समितिका सदस्य सतिश दत्तले जानकारी दिए ।
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा
सारांश
- आज हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा संघका वर्तमान उपाध्यक्ष शंकर दास र पुराना उद्योगि लालुप्रसाद अग्रवालबीच ठक्कर हुने देखिएको छ ।
- उनीहरु दुबैले आफ्नो नेतृत्वमा समूह बनाएर उम्मेदवारी दिएका छन् ।
- अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा लालुप्रसाद अग्रवाल र उनको समूहबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंह रहेका छन भने उक्त समूहबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया