मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल

राजविराज राजविराज
|
बुधबार, जेठ ९, २०८१
|
|
४६ पटक हेरिएको
Shares
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल

सारांश

  •     बुधवार राजविराज नगरपालिका वडा ९ मलेठमा नेकपा एकिकृत समाजवादी जिल्ला समिती सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।
  •       उनले आफ्नो पार्टी जनताको चाहना अनुसार शासन चल्न सकोस् भन्ने चाहेको बताउँदै मधेश प्रदेशमा सरकारमा अहिले सहभागी रहेको तर, भोलीको अवस्था कस्तो बन्ला त्यो परिस्थितीमा भर पर्ने उल्लेख गरे ।
  •     उनले अर्का एक प्रसङ्गमा कान्तिपुर मिडीया गु्रपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी अचम्भीत र दुखद कार्य भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ जेठ । 

    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मुलुकमा राजनीतिक स्थायीत्व कायम रहोस भन्ने उद्देश्यले वर्तमान सरकारलाई समर्थन गरेको बताएका छन् । 
    बुधवार राजविराज नगरपालिका वडा ९ मलेठमा नेकपा एकिकृत समाजवादी जिल्ला समिती सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । 
    उनले आफ्नो पार्टी जनताको चाहना अनुसार शासन चल्न सकोस् भन्ने चाहेको बताउँदै मधेश प्रदेशमा सरकारमा अहिले सहभागी रहेको तर, भोलीको अवस्था कस्तो बन्ला त्यो परिस्थितीमा भर पर्ने उल्लेख गरे ।
    उनले अर्का एक प्रसङ्गमा कान्तिपुर मिडीया गु्रपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी अचम्भीत र दुखद कार्य भएको बताए । “सिरोहिया जनकपुरको वासिन्दा हो भनेर सबैलाई थाहा भएकै कुरा हो, उनले भने, एउटै नम्बरको दुई वटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने ब्यक्तीको होइन, नागरिकता दिने प्रशासनको हो ।”
    सोधपुछबाटै अनुसन्धान कार्य सुरु गर्न सकिने अवस्था रहे पनि गिरफ्तार नै गरिनु अचम्म र निन्दनीय विषय भएको उनको भनाई छ । 
    कार्यक्रममा सो वडाका पूर्वअध्यक्ष शम्भुप्रसाद यादव (लाली) लगायत विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका २ सय भन्दा बढी नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष नेपालले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए । 
    नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिवालय सदस्य पुर्व मन्त्रि रामचन्द्र झा, मधेश प्रदेशका कृषि मन्त्री गोविन्द न्यौपाने, पुर्वमन्त्री रामचन्द्र यादव लगायतले पनि देशको वर्तमान अवस्था र पार्टीको भुमिका बारे आ–आफ्नो धारणा राखेका थिए ।
    यस्तै बुधबारै जिल्लाको राजगढ गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेकपा एसमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
कुटपिट मुद्दामा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ
कुटपिट मुद्दामा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ
बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान 
सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान 
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?