मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल

राजविराज राजविराज
|
बुधबार, जेठ ९, २०८१
|
|
७७ पटक हेरिएको
Shares
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल

सारांश

  •     बुधवार राजविराज नगरपालिका वडा ९ मलेठमा नेकपा एकिकृत समाजवादी जिल्ला समिती सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।
  •       उनले आफ्नो पार्टी जनताको चाहना अनुसार शासन चल्न सकोस् भन्ने चाहेको बताउँदै मधेश प्रदेशमा सरकारमा अहिले सहभागी रहेको तर, भोलीको अवस्था कस्तो बन्ला त्यो परिस्थितीमा भर पर्ने उल्लेख गरे ।
  •     उनले अर्का एक प्रसङ्गमा कान्तिपुर मिडीया गु्रपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी अचम्भीत र दुखद कार्य भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ जेठ । 

    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मुलुकमा राजनीतिक स्थायीत्व कायम रहोस भन्ने उद्देश्यले वर्तमान सरकारलाई समर्थन गरेको बताएका छन् । 
    बुधवार राजविराज नगरपालिका वडा ९ मलेठमा नेकपा एकिकृत समाजवादी जिल्ला समिती सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । 
    उनले आफ्नो पार्टी जनताको चाहना अनुसार शासन चल्न सकोस् भन्ने चाहेको बताउँदै मधेश प्रदेशमा सरकारमा अहिले सहभागी रहेको तर, भोलीको अवस्था कस्तो बन्ला त्यो परिस्थितीमा भर पर्ने उल्लेख गरे ।
    उनले अर्का एक प्रसङ्गमा कान्तिपुर मिडीया गु्रपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी अचम्भीत र दुखद कार्य भएको बताए । “सिरोहिया जनकपुरको वासिन्दा हो भनेर सबैलाई थाहा भएकै कुरा हो, उनले भने, एउटै नम्बरको दुई वटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने ब्यक्तीको होइन, नागरिकता दिने प्रशासनको हो ।”
    सोधपुछबाटै अनुसन्धान कार्य सुरु गर्न सकिने अवस्था रहे पनि गिरफ्तार नै गरिनु अचम्म र निन्दनीय विषय भएको उनको भनाई छ । 
    कार्यक्रममा सो वडाका पूर्वअध्यक्ष शम्भुप्रसाद यादव (लाली) लगायत विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका २ सय भन्दा बढी नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष नेपालले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए । 
    नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिवालय सदस्य पुर्व मन्त्रि रामचन्द्र झा, मधेश प्रदेशका कृषि मन्त्री गोविन्द न्यौपाने, पुर्वमन्त्री रामचन्द्र यादव लगायतले पनि देशको वर्तमान अवस्था र पार्टीको भुमिका बारे आ–आफ्नो धारणा राखेका थिए ।
    यस्तै बुधबारै जिल्लाको राजगढ गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेकपा एसमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी