दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढा बस्तीमा शुक्रबार सप्तकोशी नदीमा आएको बाढीका कारण अधिकांश घर जलमग्न भएको छ ।
बिहीबार रातीको अविरल वर्षापछि सप्तकोशी नदीको बाढीले गोबरगाढा बस्तीका चार दर्जन घर जगलमग्न भएको हो ।
वडा अध्यक्ष बिन्देश्वर यादवका अनुसार बाढीले ३६ वटा घर डुवानमा पर्नुका साथै स्थानिय हरि यादव, शत्रुहन यादव लगायतको चार घर ढलेर क्षतविक्षत भएको छ ।
चारैतिर सप्तकोशी नदीले घेरिएको सो बस्तीमा पसेको बाढीले चार वटा घर समेत ढलेर नष्ट भएको छ । बस्तीमा दुई फिटसम्म पानी जमेको उनले बताए ।
सप्तकोशीको वहाव शुक्रबारपनि उच्च रहेकाले अन्य ४०/५० घर समेत जोखिममा परेको वडा अध्यक्ष यादवको भनाई छ । बस्तीका अधिकांश घरमा पानी पसेपछि पीडितहरुलाई उच्च स्थानमा रहेको एक विद्यालयमा वासको व्यवस्था मिलाइएको नगर प्रमुख शैलेश साहले जानकारी दिएका छन् ।
पानीको वहाव बिहीबार राती ९ बजेतिर १ लाख ८३ हजारदेखी १ लाख ८८ हजार क्विसेक प्रतिसेकेन्ड भएपनि निरन्तरको वर्षा र उच्च वहावसँगै बस्तीमा बाढी पसेको स्थानियको भनाई छ ।
सप्तकोशीको बाढीले गोबरगाढाका चार दर्जन घर जलमग्न
सारांश
- बिहीबार रातीको अविरल वर्षापछि सप्तकोशी नदीको बाढीले गोबरगाढा बस्तीका चार दर्जन घर जगलमग्न भएको हो ।
- वडा अध्यक्ष बिन्देश्वर यादवका अनुसार बाढीले ३६ वटा घर डुवानमा पर्नुका साथै स्थानिय हरि यादव, शत्रुहन यादव लगायतको चार घर ढलेर क्षतविक्षत भएको छ ।
- चारैतिर सप्तकोशी नदीले घेरिएको सो बस्तीमा पसेको बाढीले चार वटा घर समेत ढलेर नष्ट भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया