शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

सारांश

  •     जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वर नाथ, भुतनाथ लगायतका शिवालयहरुमा विहानै देखि पुजाका लागि आउने भक्तजनको घुईंचो लागेको थियो ।
  • इच्छित मनोकामना पुरा भएपछि भाकल गरेका कतिपय श्रद्धालु भक्तजन सडकमा घिस्रिदै, त कतिपय नाचगान गर्दै शिवालय पुगेका हुन् ।
  •     शिवरात्रीलाई अवसरमा  सप्तकोशी नदी तथा अन्य जलासयबाट काँवरमा पवित्र जल बोकेर पैदलयात्रा गरी आएका सयौं काँबरियाले बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।

    महाशिवरात्रीको अवसरमा आईतबार सप्तरी सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरसहित जिल्लाको विभिन्न स्थानमा रहेका शिवमन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो लागेको छ ।
    जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वर नाथ, भुतनाथ लगायतका शिवालयहरुमा विहानै देखि पुजाका लागि आउने भक्तजनको घुईंचो लागेको थियो । इच्छित मनोकामना पुरा भएपछि भाकल गरेका कतिपय श्रद्धालु भक्तजन सडकमा घिस्रिदै, त कतिपय नाचगान गर्दै शिवालय पुगेका हुन् ।
    शिवरात्रीलाई अवसरमा  सप्तकोशी नदी तथा अन्य जलासयबाट काँवरमा पवित्र जल बोकेर पैदलयात्रा गरी आएका सयौं काँबरियाले बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण गरेका छन् ।
    हरिनन्देश्वर महादेव मन्दिरका मुल पुजारी महेश्वर भारतीले सप्तकोशी तथा अन्य विभिन्न जलाशयबाट पवित्र जल ल्याएर एक हजार भन्दा बढी भक्तजनले भगवान शिवलाई जल अर्पण गरेको बताए ।
    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कतिपय उम्मेदवारहरु पनि एका बिहानै विशेष पुजापाठमा संलग्न भई आशिर्वाद ग्रहण गर्न आएको उनको भनाई छ । उम्मेदवारहरुले परिवारिक सुख शान्तिका साथै निर्वाचनमा विजयीको आशिर्वाद थाप्ने गरेको मुल पुजारी भारतीले बताए । 
    राजविराजस्थित हरिनन्देश्वर शिवमन्दिर परिसरमा सुरक्षादेखि अन्य आवश्यक बन्दोबस्तको व्यवस्था गरिएका कारण भक्तजनलाई पुजा गर्न सहज भएको स्थानियबासी भक्तजनहरुले बताएका छन् । मन्दिर परिसरमा राजविराज जेसिज, विश्व हिन्दु युवा संघ तथा हिन्दु सम्राट सेना लगायतका संघ संस्थाले पञ्चामृत, दुघ, बेलपत्र, जल लगायतका पुजा सामग्रीको प्रबन्ध निशुल्क मिलाएकाले पुजापाठ सहज भएको थियो । 
    महाशिवरात्रीकै अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराले झण्डोतोलन तथा झाँकी प्रदर्शन गरेको छ । झाँकीमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान, डाक्नेश्वरी नगरपालिकाको एक केन्द्रमा विवादपछि निर्वाचन स्थगित
सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान, डाक्नेश्वरी नगरपालिकाको एक केन्द्रमा विवादपछि निर्वाचन स्थगित
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण
जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण
जसपाको बिरोध प्रदर्शन
जसपाको बिरोध प्रदर्शन
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता