प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

राजविराज राजविराज
|
मंगलबार, चैत्र ५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

सारांश

  •     प्रदेश २ को आर्थिक मामिला तथा योेजना नीति आयोगको आयोजनमा तथा समुन्नती तथा युकेएडको सहयोगमा आधारपत्र कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
  •     सो अवसरमा कृषि भुमी ब्यबस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आवधिक योजना तर्जुमाका लागि आधार पत्र तयार गरी पञ्चबर्षिय योजना बनाउने प्रदेश सरकारको नीति रहेको बताएका छन् ।
  •       प्रदेश २ का प्राथमिकतामा रहेका कृषि, उद्योग, सडक, बाणिज्य तथा पर्यटकिय क्षेत्रमा देखिएका सम्भावना र अवसरका आधारमा योजना बनाईने उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 
    प्रदेश २ को प्रथम आवधिक योजना तयार गर्नका लागि सप्तरी तथा सिरहाका जनप्रतिनिधिहरू सँग एक दिने आधारपत्र तर्जुमा कार्यशाला गोष्ठीको मंगलबार राजविराजमा सम्पन्न भएको छ । 
    प्रदेश २ को आर्थिक मामिला तथा योेजना नीति आयोगको आयोजनमा तथा समुन्नती तथा युकेएडको सहयोगमा आधारपत्र कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
    सो अवसरमा कृषि भुमी ब्यबस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आवधिक योजना तर्जुमाका लागि आधार पत्र तयार गरी पञ्चबर्षिय योजना बनाउने प्रदेश सरकारको नीति रहेको बताएका छन् । 


    प्रदेश २ का प्राथमिकतामा रहेका कृषि, उद्योग, सडक, बाणिज्य तथा पर्यटकिय क्षेत्रमा देखिएका सम्भावना र अवसरका आधारमा योजना बनाईने उनले बताए ।
    मन्त्री साहले सप्तरी र सिरहा सम्मलित गोष्ठीमा कृषि तथा आर्थिक क्षेत्र र पुर्वाधर, उद्योग बाणिज्य तथा पर्यटन समुहबाट आएका सुझावलाई आत्मसाथ गरि आवधिक योजना बनाउने प्रतिबद्धता समेत जनाए ।


    गोष्ठीमा कृषि बिशेषज्ञ अनुपलाल साहले कृषि तथा आर्थिक क्षेत्र र पुर्वाधार समुहको प्रस्तुति गरेका थिए भने उद्योग बाणिज्य तथा पर्यटनको समूह तर्फबाट सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले र पर्यटनमा शिक्षासेवी चक्रपाणी दाहालले समुहको तर्फवाट प्रस्तुती गरेका थिए ।
    सो अवसरमा आधार पत्रको उद्देश्य वारे बोल्दै नीति आयोगका सदस्य डा. सुरेन्द्र झाले प्रदेश २ मा रहेका सम्भावित अवसरहरू पहिचान गरि त्यसको सदुपयोग गर्ने र त्यसका चुनौतीहरूको कसरी सामना गर्ने बारेमा छलफल गरि योजना तयार पार्ने जिकिर गरे ।
    उक्त कार्यशालामा योजना निर्माण गर्दा कृषीमा आधारित उद्योगहरूले प्रदेश २ को ठूलो बिकास हुने बरिष्ठ पत्रकार अनिल कुमार अनलले बताउदै भने, “कागजको उद्योग, आप उद्योग, प्याज र टमाटरको जेल गल्फ देशमा माँग रहेकाले फार्मिंङ्ग गरेर उद्योगमा परिणत गर्ने सम्भावना रहेको छ ।”
    योजना निमार्ण गर्दा परिणाममूखी साथै दण्ड सजायको ब्यबस्था गर्नुपर्ने कार्यक्रम संचालन गर्दा वा नीति निमार्ण गर्दा कार्यक्रममा स्पष्ट बनाउनुपर्ने रूपनी गाँउपालिका अध्यक्ष हरेराम यादबले सुझाव दिए ।
    सो अवसरमा सहभागीहरूले कुनै पनि काम गराउन जाँदा सेवाग्राहिलाई कुन परिस्थितिले काम भएको नभएको बिषयमा स्पष्ट ध्यान जानकारी पाउनुपर्ने, प्रदेश न २ मा कृषि नै प्रमुख आधार भएकोले बीउ बिजन बिषयमा परिणाममूखी, प्राबिधिक जिम्मेवारी बमोजिम कार्य अगाडि बढाउनुपर्ने माँग गरेको स्थानिय युवा नेता किशोर कुमार यादबले बताए ।
    यहाँका भु–भाग समतल रहेकोले समुन्द्र तथा बिदेशसँग सोझो सम्पर्क रहेकाले यहाँ उद्योग संचालन तथा प्रबिधिका लागि बिदेशीसँग सम्बन्ध बिस्तार गर्नु पर्नेका जोड दिइएको छ । 
    नीति आयोगका सदस्य राजकुमार लेखीको अध्यक्षतामा आयोजित गोष्ठीमा सप्तरी र सिरहा स्थानियतहका प्रमुखहरू, बृद्विजिवी, प्राध्यापकहरूले सप्तरी र सिरहामा देखिएका सम्भावना वारेमा प्रस्तुती समेत गरेको थिए ।


    सो अवसरमा युकेएडका अर्थबिज्ञ केशव आर्चाय, नीति आयोगका सदस्य राजकुमार लेखी, डा. सुरेन्द्र झा, राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब, अग्निसाईर कृष्णासवरण गापा अध्यक्ष परशुराम चौधरी, राजबिराज नपाकी उपप्रमुख साधना झा, डा. पिताम्वर यादब, अमरकान्त झा, डा. रामखेलावन यादब, कृषीबिज्ञ देवनाथ यादब, संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिनेश यादब, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, बरिष्ठ पत्रकार अनिलकुमार अनल, राजपा युवा नेता किसोर कुमार यादबलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतको बृहत प्रदर्शन एवं महा¥याली
जनमतको बृहत प्रदर्शन एवं महा¥याली
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन