दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरीले राजासहितको हिन्दु राष्ट्र माग्दै शुक्रबार राजविराजमा शक्ति प्रर्दशन गरेको छ ।
नेपाल एकिकरण अभियानका नेतृत्वकर्ता पृथ्वी नारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रती श्रद्धाञ्जली अर्पण पश्चात् शक्ति प्रर्दशन गरिएको हो ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट भेला भएका राप्रपाका नेता÷कार्यकर्ता र समर्थकले जुलुस नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
प्रर्दशनमा राप्रपाका नेता÷कार्यकर्ताका साथै महिला समेतको सहभागिता रहेको थियो । नगर परिक्रमाका क्रममा सभाागिहरुले संबैधानिक राजतन्त्र सहितको हिन्दु राष्ट्रको पक्षमा तथा संघियता र धर्म निरपेक्षताको विपक्षमा चर्काे नाराबाजी गरेका थिए ।
राप्रपाको केन्द्र, प्रदेश र जिल्लाका नेताहरु संगै स्थानीय कार्यकता र समर्थक समेतको व्यापक सहभागिता भएको प्रर्दशनले मनोबल उच्च बनाएको कार्यक्रमका सहभागीहरुले बताए ।
सभाका सहभागी वक्ताहरुले पृथ्वी नारायण शाहको दिब्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्र्दभिक रहेको बताउदै उनको विचार र चिन्तनको जगमा राप्रपा अघि बढिरहेको बताए । उनीहरुले मुलुक जोगाउन संवैधानिक हिन्दु राष्ट्र आजको प्रमुख आवश्यक्ता रहेको जिकीर गर्दै यसका लागी जनता जागि सकेको र चाडै मुलुकले सो लक्ष्य प्राप्त गर्ने दाबी गरे ।
राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथी राप्रपाका तराई–मधेश संगठन विभाग प्रमुख राम प्रताप साह “भोला”, केन्द्रीय सदस्य जया महतो, नयन बहादुृर मोक्तान, प्रदेश कमिटी सदस्य विनोद पाण्डे, नगर अध्यक्ष दिगम्बर साह, जिल्ला सचिव बलराम शर्मा, सह सचिव सुरेन्द्रं कुमार साह “सुरेश”, इतिहास विद एवं पुर्व प्रध्यापक कमल प्रसाद दास, बरिष्ट नेता कृपानन्द झा लगायतले शाहको योगदानको चर्चा गर्दै मुलुक जोगाउन राजा सहितको हिन्दू राष्ट्र कायम गर्नुको कुनै विकल्प नरहेको बताएका थिए ।
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
सारांश
- नेपाल एकिकरण अभियानका नेतृत्वकर्ता पृथ्वी नारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रती श्रद्धाञ्जली अर्पण पश्चात् शक्ति प्रर्दशन गरिएको हो ।
- स्थानीय शिव मन्दिर प्राङ्गणबाट भेला भएका राप्रपाका नेता÷कार्यकर्ता र समर्थकले जुलुस नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
- प्रर्दशनमा राप्रपाका नेता÷कार्यकर्ताका साथै महिला समेतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया