दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कुमार सिंह महिनौ दिनदेखी अनुपस्थित रहँदा कार्यपालिकाको सेवा र काम प्रभावित बनेको छ ।
प्रमुख प्रशासकिय अधिकृत सिंहको जिम्मेवारी सम्हालेको झण्डै ६ महिना पुग्दा ५ महिना अनुपस्थित रहेका छन् । जसकारण नगरपालिकाको दैनिकी कामकाज र सेवा प्रभावित बनेको हो ।
गत साउनदेखि अहिलेसम्म भण्डै चार महिनामा उनी २९ दिन मात्रै कार्यालय आएको हाजिरी पुस्तिकाले देखाएको छ । साउन, भदौ र असोज महिनामा समेत अधिकांश दिन उनी कार्यालय आएनन् । उनी कार्तिक र मंसिर महिनामा एक दिन पनि कार्यालय आएनन् भने पुस महिनाको १३ गतेसम्म पनि उनी कार्यालयमा उपस्थिति भएका छैनन् ।
नगरप्रमुख शम्भुप्रसाद यादवले लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा आर्थिक कारोबार तथा विकास लगायतका काम कार्यवाहीमा समस्या भएको स्वीकारे । प्रमुख प्रशासकिय अधिकृत सिंह लामो समय अनुपस्थित रहने गरेकाले समस्या भएको भन्दै तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र हाल जिम्मेवारी सम्हालनु भएका हृदेश त्रिपाठी सम्मलाई जानकारी गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको नगरप्रमुख यादवको भनाई छ ।
लामो समयदेखि प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित रहँदा नक्सा पास, आर्थिक कारोबार, योजना छनोट, सामाजिक सुरक्षा भत्ता, टेन्डर प्रकृया लगायतका कामका साथै कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको छ ।
यता दुई महिनादेखि तलब खान नपाएको सुनाउँदै एक कर्मचारीले भने, “हाकिम आउदैनन् मोबाईल सम्पर्क गर्दा जहिले पनि २–४ दिनमा आउछु मात्र भन्छन् ।”
प्रमुख प्रशासकीय अधिकृत झण्डै ६ महिनामा ५ महिना अनुपस्थित
सारांश
- प्रमुख प्रशासकिय अधिकृत सिंहको जिम्मेवारी सम्हालेको झण्डै ६ महिना पुग्दा ५ महिना अनुपस्थित रहेका छन् ।
- जसकारण नगरपालिकाको दैनिकी कामकाज र सेवा प्रभावित बनेको हो ।
- गत साउनदेखि अहिलेसम्म भण्डै चार महिनामा उनी २९ दिन मात्रै कार्यालय आएको हाजिरी पुस्तिकाले देखाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया