चन्दन कुमार यादव
राजविराज, १३ असोज ।
पानीको निकासका लागी आवश्यक पहल नहुदाँ सप्तरीको बिष्णपुर गाउपालिकाका मिथिला टोलबासी बर्षाको पानीका कारण समस्यामा परेका छन् ।
गाउपालिकाको वडा नं. ६ स्थित मिथिला बस्ती बस्तीमा लामो समयदेखी जमेको पानी र तिन दिनदेखि परेको वर्षाको पानीका कारण स्थानियहरू समस्यामा परेका हुन ।
पानीको निकास हुन नसक्दा यहाँका स्थानियहरू घरवाट निस्कन नसकेको स्थानिय बिमल राउत बताउछन । ६ महिनादेखि जमेको पानी त्यसमा पनि अहिलेको वर्षाका पानीको निकास र ब्यवस्थापन हुन नसक्दा यस बस्तीका वासीन्दाहरु विभिन्न रोगको उच्च जोखिममा समेत रहेका छन् ।
यता तीन दिनदेखीको बर्षाका कारण र बिगत ६ महिनादेखी ती क्षेत्र वरीपरीको ३ फीट पानी जमेको कारण पानी निकास हुन नसक्दा स्थानियहरु चिन्तित देखिन्छन् ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको पश्चिम तर्फको मिथिला बस्तीमा बनहार नदीबाट आएको पानी निकास हुन नसक्दा जमेको पानीको दुर्गन्धका कारण एक जनामा डेंगु रोगको लक्षण समेत देखा परेको छ ।
स्थानिय मंजीत दासलाई एक्कासी ज्वरो लागेपछि उनलाई डेंगु लागेको हो भन्ने शंका लागेपछि उनले घरमै डेंगुको चेकजाँच गरेपछि सो रोग पत्ता लागेको थियो ।
तत्कालै डेंगु रोगबाट बच्ने सम्बन्धी औषधी एक महिनासम्म खाएपछि ज्वरो समेत निको हुदै गएको दास बताउछन् ।
त्यसैगरी स्थानीय किरण कुमारी राउत, अंजु यादब, सोनी राउत, बसन्त राउत, माधव राउत, सम्झना झा, सुशीला दास लगायतका दर्जनौ घरमा ज्वरो लाग्ने बिरामी बढ्दै गएकोे स्थानियहरुले बताएका छन् ।
बस्तीको पानी निकासका लागी बारम्वार सम्बन्धी निकायलाई आग्रह गरेपनि जनप्रतिनिधीहरु स्वास्थ्यप्रति गम्भिर नभएको डेंगु संक्रमणबाट पीडित किरण कुमारी राउतले गुनासो पोखिन ।
घरवरिपरी पानी जमेको कारण घरबाट निस्कन समेत समस्या भएको बताउँदै स्थानिय सुशीला दासले भने, “एक त फोहोर पानी त्यसमा पनि राती घरबाट निस्कन निकै जोखिम छ ।”
स्थानिय रत्न राउतले भने, “अहिले मलाई ४ दिन देखी ज्वरो लाग्दै आएको छ, परिवारमा अन्य सदस्यहरुलाई ज्वरो लाग्ने लक्षण देखा परेको छ, मेरो छरछिमेकीमा पनि ज्वरोको प्रकोप देख्न थालेको छ ।”
यस बारेमा बिष्णुपुर गाउपालिका अध्यक्ष लिलाम्वर यादबले मिथिला टोल बस्ती पानी एक चोटी निकालि सकेकोले बर्षाका पानी आफै घटेर जाने बताउदै स्थलगत निरिक्षण गरेर पानी निकासका गर्ने जानकारी दिए । ५० घरधुरी भएको मिथिला टोलमा २ सय ५० जना भन्दा बढी स्थानीस्यहरुको बसोवास रहेको छ ।
पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा
सारांश
- गाउपालिकाको वडा नं.
- ६ स्थित मिथिला बस्ती बस्तीमा लामो समयदेखी जमेको पानी र तिन दिनदेखि परेको वर्षाको पानीका कारण स्थानियहरू समस्यामा परेका हुन ।
- पानीको निकास हुन नसक्दा यहाँका स्थानियहरू घरवाट निस्कन नसकेको स्थानिय बिमल राउत बताउछन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया