मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल

राजविराज राजविराज
|
सोमबार, आश्विन १५, २०८०
|
|
६२ पटक हेरिएको
Shares
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल

सारांश

  •     पार्टीद्वारा आयोजित मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगतको दोश्रो दिन सोमबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका अध्यक्ष नेपालले अभियानलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
  •       उनले भने, “मुलुकमा हिमाल, पहाड, तराई गरि तीन किसिमको भौगिोलिक बनावट र प्राकृतिक विविधता पर्यटनको प्रमुख संवाहक रहेको छ, यसलाई नै सदुपयोग गर्नेतर्फ समाजवादीले अभियान मार्फत लागिपरेको छ ।
  • ” पर्यटनका माध्यमबाट पनि बेरोजगारी समस्या समाधान गर्न सकिने उनले भने ।

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बेरोजगारी समस्या समाधानका लागि मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको बताएका छन् । 
    पार्टीद्वारा आयोजित मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगतको दोश्रो दिन सोमबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका अध्यक्ष नेपालले अभियानलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 
    उनले भने, “मुलुकमा हिमाल, पहाड, तराई गरि तीन किसिमको भौगिोलिक बनावट र प्राकृतिक विविधता पर्यटनको प्रमुख संवाहक रहेको छ, यसलाई नै सदुपयोग गर्नेतर्फ समाजवादीले अभियान मार्फत लागिपरेको छ ।” पर्यटनका माध्यमबाट पनि बेरोजगारी समस्या समाधान गर्न सकिने उनले भने । 
    अभियानलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले विचार मिल्ने राजनीतिक दलहरुसँग सहकार्य र सहमतिका साथ अघि बढ्नु आवश्यकता रहेको बताए । समाजवादी अभियान यसैको नमूना रहेको प्रष्ट्याउँदै उनले भने, “फराकिलो छाती गरेर सहकार्य गर्न चाहने सबैका लागि हाम्रो ढोका खुल्ला छ ।” 
    सोही कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुक आर्थिक संकटले गज्रिरहेको अवस्थामा मुल्य बृद्धिले जनतालाई थप मारमा पारेको बताए । उनले १ सय ३१ वटा मौलिक हकका ऐन निर्माण गर्नु पर्ने जिम्मेवारी वर्तमान संसदमाथी रहेको बताउँदै एउटा पनि निर्माण गर्न नसकेकोमा दुःख व्यक्त गरे । ःपूर्व प्रभानमन्त्री समेत रहेको नेता खनालले जनताको भवनालाई अंगिकार गर्दै संसद पनि गतिशिल हुन आवश्यक रहेको टिप्पणी गरे । 
    पार्टीको सप्तरी जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, पार्टीका महिला नेतृ रामकुमारी झाँक्री लगायतले पनि अभियानको उद्देश्यका बारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुई दर्जन भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अबिर लगाएर पार्टीका अध्यक्ष नेपालले स्वागत गरेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा