दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार स्वास्थ्यका ११ औं तहका ७ कर्मचारीहरूको सरुवा तथा जिम्मेवारी परिवर्तन गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गरी तीन वटा महाशाखाका प्रमुखहरूको सरुवा र पदास्थापन गरेकी हुन् ।
मन्त्रालयको प्रशासन शाखाका अनुसार स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ । पौडेल भने स्वास्थ्य बिमा बोर्डको निमित्त निर्देशकको जिम्मेवारीमा छन् ।
मन्त्रालयको समवन्य तथा गुणस्तर महाशाखाका प्रमुख डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा पठाइएको छ भने नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई नारायणी अस्पताल पर्सामा काज फिर्ता गरिएको छ ।
त्यसैगरी मन्त्रालयकै समन्वय तथा गुणस्तर महाशाखाका मापन तथा गुणस्तर निरीक्षक डा. सरोज शर्मालाई वीर अस्पताल काज फिर्ता पठाइएको छ । शर्मा मन्त्रालयअघि वीर अस्पतालमा कार्यरत थिए ।
यस्तै राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र हालै डा. गुणनिधि शर्मालाई मन्त्रालयमा पदस्थापनका लागि बोलाइएको छ । उनीहरूको जिम्मेवारी कुन महाशाखाका भन्ने यकिन भइसकेको छैन ।
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
सारांश
- बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गरी तीन वटा महाशाखाका प्रमुखहरूको सरुवा र पदास्थापन गरेकी हुन् ।
- मन्त्रालयको प्रशासन शाखाका अनुसार स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.
- कृष्णप्रसाद पौडेलको काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया