मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी

राजविराज राजविराज
|
आइतबार, बैशाख ३०, २०८१
|
|
७९ पटक हेरिएको
Shares
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी

सारांश

  •     आइतबारै नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोसपा गरि चार दल मिलेर सरकार बनाउने तयारीमा जुटेका छन् ।
  •       यसैबीच जनमत पार्टीको संसदीय दलका नेता महेश प्रसाद यादवले अब बन्ने नयाँ सरकारको नेतृत्व जनमतले पाउनु पर्ने दाबी गरेका छन् ।
  • उनले भने “जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्छ, र यसमा गठबन्धन दलहरुले सहयोग गर्नुपर्छ ।

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 

    मधेस प्रदेशबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आइतबार फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । हाल मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार रहेको छ । 
    आइतबारै नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोसपा गरि चार दल मिलेर सरकार बनाउने तयारीमा जुटेका छन् । 
    यसैबीच जनमत पार्टीको संसदीय दलका नेता महेश प्रसाद यादवले अब बन्ने नयाँ सरकारको नेतृत्व जनमतले पाउनु पर्ने दाबी गरेका छन् । उनले भने “जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्छ, र यसमा गठबन्धन दलहरुले सहयोग गर्नुपर्छ ।”
    यता माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले मुख्यमन्त्री को हुने भन्नेमा अहिले सहमति भने भइनसकेको बताए । उनले मधेशमा सरकार बनाउन यी चार दलबीच अनौपचारिक सहमति भइसकेको जानकारी समेत दिए । 
    प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९ र लोसपाका ८ जना सांसद छन् । मधेश प्रदेशमा १ सय ७ सांसद रहेकोमा सरकार गठनका लागि आवश्यक बहुमत संख्या ५४ रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
क्षेत्र नं. ३ को २ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने 
क्षेत्र नं. ३ को २ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने 
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
बुबाको हत्या गरि फरार आमाछोरा पक्राउ 
सडक निर्माणको माग गर्दै पैदल यात्रा
सडक निर्माणको माग गर्दै पैदल यात्रा
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन