दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीको शम्भुनाथ नगरपालिका २ निवासी महेश कुमार भगत र उनका पत्नि मंजुले मिटरब्याजीको आरोप लगाई प्रशासनले फसाउन खोजेको आरोप लगाएका छन् ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरि ती दम्पत्तिले यस्तो आरोप लगाएका हुन् । पैसा पचाउने नियतले अहिले उल्टै हामी बिरुद्ध रुपनी गाउँपालिका ३ का गेनेलाल मोची र भाल्सेदेवी मोचीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर दुःख दिने काम उनीहरुबाट भइरहेको बताए ।
उनीहरुले समस्या परेका बेला ऋण सापटी लिने र फिर्ता गर्ने बेला पचाउने नियतले उल्टै मिटरब्याजीको आरोपमा कानुनको दुरुपयोग गर्न थालेको आरोप पनि लगाए ।
पत्रकार सम्मेलनमा भगत दम्पत्तिले समस्या परेका बेला छिमेकी रुपनी गाउँपालिका ३ का गेनेलाल मोचीले ५ वर्षअघि ४ लाख ५ हजार र भाल्सेदेवी मोचीले ७५ हजार रुँपैया आफूहरुसँग ऋण सापटी लिएको बताउँदै अहिले आएर रकम मिनाहा नगरे मिटरब्याजीमा फसाई जेल पठाइदिने धम्की दिन थालेको सुनाए ।
आफ्नो कुनै कुरा नसुनी प्रहरीका जिम्मेवार अधिकारीले मोची र चौधरीकै पक्षमा बोल्ने गरेको र आफूलाई ठगि, विश्सावसघात तथा अभद्र व्यवहार मुद्दा चलाइने दिने भन्दै धम्क्याउन थालेको भगत दम्पत्तिले बताए ।
प्रहरी प्रशासनले पनि पीडित भन्दै उनीहरुकै कुरा मात्र सुनेर आफूलाई हथकडी लगाएर चार घण्टा हिरासतमा राखेर जबरजस्ती विभिन्न कागजातमा हस्ताक्षर र औठा छाप गर्न लगाएको महेशले गुनासो पोखे ।
उनले यती मात्र नभई २०७३ सालमा आफूले शम्भुनाथ नगरपालिका ४ की बलजितकुमारी चौधरीसँग ५४ हजारमा खरीद गरेको २ कठ जग्गा पनि अहिले आएर धितोमा राखेको भन्दै उनी पनि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी भन्दै आफू बिरुद्ध उजुरी दिई बार्गेनिङ गर्न थालेको गुनासो पोखे ।
अदालतमा प्रवेश पाइसकेको विषयको टुङ्गो नलाग्दै प्रहरी प्रशासनबाट बढ्दो दबाबले आफूहरु असुरक्षित भएको तथा न्याय र सुरक्षाका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन संचारकर्मीमाझ आइपुगेको बताएका छन् ।
मिटरब्याजीको आरोप लगाउँदै प्रशासनले दुःख दिन थाल्यो ः भगत दम्पत्ति
सारांश
- आइतबार पत्रकार सम्मेलनको आयोजना गरि ती दम्पत्तिले यस्तो आरोप लगाएका हुन् ।
- पैसा पचाउने नियतले अहिले उल्टै हामी बिरुद्ध रुपनी गाउँपालिका ३ का गेनेलाल मोची र भाल्सेदेवी मोचीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर दुःख दिने काम उनीहरुबाट भइरहेको बताए ।
- उनीहरुले समस्या परेका बेला ऋण सापटी लिने र फिर्ता गर्ने बेला पचाउने नियतले उल्टै मिटरब्याजीको आरोपमा कानुनको दुरुपयोग गर्न थालेको आरोप पनि लगाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया