उपनिर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगायो, काँग्रेस र समाजवादीले लगाउँदै 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  •     आउँदो मंसिर १४ गते हुन लागेको उक्त निर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगाए पनि नेपाली काँग्रेस र समाजवादी पार्टीले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन् ।
  •       छिनमस्ता गाउपालिका वडा नं.
  • ७ मा निर्वाचित वडा अध्यक्ष प्रभाकर यादब जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद खाली हुँदा उपनिर्वाचन हुन लागेको हो ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 
    सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा मात्र हुन लागेको उपनिर्वाचनका लागि नेकपा र राजपाले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ । 
    आउँदो मंसिर १४ गते हुन लागेको उक्त निर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगाए पनि नेपाली काँग्रेस र समाजवादी पार्टीले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन् । 
    छिनमस्ता गाउपालिका वडा नं. ७ मा निर्वाचित वडा अध्यक्ष प्रभाकर यादब जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद खाली हुँदा उपनिर्वाचन हुन लागेको हो ।
    यता वडा अध्यक्ष पदका लागि नेकपाबाट अच्छेलाल यादबको नाम टुङ्गो लागेको नेकपा श्रोतको दाबी छ भने राजपा नेपालको तर्फबाट प्रमिला देबी यादबको नाम टुङ्गो लागेको राजपा श्रोतको दाबी छ । 
    नेकपाका अच्छेलाल यादव स्थानिय माविका विद्यालय व्वयस्थापन समितिका अध्यक्ष हुन । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका यादव गत निर्वाचनमा तत्कालिन वडा अध्यक्षमा निर्वाचित प्रभाकर यादवसँग झिनो मतले पराजित भएका थिए । त्यस्तै प्रमिला देवी यादव भने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबकी पत्नी हुन् । 
    यसैगरी नेपाली काँग्रेसका तर्फबाट उदयनाथ मण्डल, बिष्णु कुमार यादब र शिव नारायण मण्डलको नाम शिर्षपंक्तिमा रहेको राजविराज वडा नं. ५ का अध्यक्ष समिर झाले जानकारी दिएका छन् । ती तिन जना आकांक्षी मध्ये एक जना उम्मेदवार बन्ने वडा अध्यक्ष झाले बताए । 
    यता समाजवादी पार्टीले हालसम्म उम्मेदवारको चयन गर्न सकेको छैन् । श्रोतका अनुसार समाजवादी पार्टीले राजपासँग केन्द्रमा उपनिर्वाचनका लागि तालमेल मिलाएपछि मात्र उम्मेदवार टुङ्गो लगाउने छ । 
    मंसिर १४ मा हुने उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले दल र कार्यकर्तालाई तताउन थालेका छन् । रिक्त पदका लागि उपनिर्वाचनको मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएलगत्तै चुनावी सरगर्मि बढेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?