दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरीको रुपनी गाउँपालिकाले विपन्न समुदायलाई लक्षित गरी शुक्रबारदेखी निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको छ ।
युनिक कलेज एण्ड टिचिङ अस्पतालको प्राविधिक सहयोग र सहकार्यमा स्थानीय स्वास्थ्य चौकी कटैयामा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उद्घाटन गरेका छन ।
सो अवसरमा उनले रकमको अभावमा उपचार गराउन नसकी रोग पालेर वस्न बाध्य भएका नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको बताए । वडा नं. ३ कटैयाबाट शुरु भएको निःशुल्क स्वास्थ्य उपचार शिविर क्रमशः पालिकाको सबै ६ वटै वडामा पु¥याउने लक्ष्य रहेको उनले बताए ।
शिविरमा जेनरल फिजिसियनका साथै, मुटु, घाँटी, छाला, मानसिक, स्त्री, पाठेघर, हार्डजोर्नी, दन्त, बाल, आँखा, कान लगायतको रोग सम्बन्धि निःशुल्क उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना अधिकारी राम कुमार भगतले जानकारी दिए ।
शिवीरमा आउने विरामीका लागी विभिन्न परिक्षण तथा आवश्यक औषधीहरु पनि निःशुल्क उपलब्ध गराउने ब्यवस्था मिलाइएको प्रमुख प्रशासकिय अधिकृत तारणी प्रसाद यादवले जानकारी दिए ।
युनिक कलेज एण्ड टिचिङ अस्पतालका प्रशासन प्रमुख सत्यनारायण यादवको व्यवस्थापन तथा डा.रविन्द्र चौधरीको नेतृत्वको विभिन्न रोगका विषेशज्ञ सहितको टोलीले उपचार सेवा प्रदान गर्न थालेको कटैया उपस्वास्थ्य चौकीका प्रमुख बैद्यनाथ मण्डलले जानकारी दिए ।
शिवीरको पहिलो दिन विरामीको घुँइचो लागे पनि विभिन्न स्वास्थ्य परिक्षण पश्चात ३० पुरुष र ३७ महिला गरी ६७ जना विरामीले पुर्ण उपचार सेवा प्राप्त गरेको उनले जानकारी दिए ।
कटैया शिविर सकिएपछि माघ २१, माघ २५, माघ ३०, फागुन १० तथा विभिन्न मितिमा गरी क्रमशः असार महिनासम्म उक्त शिविर पालिकाको सबै ६ वटै वडामा संचालन हुने तय भएको गाउँपालिकाले जनाएको छ ।
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
सारांश
- युनिक कलेज एण्ड टिचिङ अस्पतालको प्राविधिक सहयोग र सहकार्यमा स्थानीय स्वास्थ्य चौकी कटैयामा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उद्घाटन गरेका छन ।
- सो अवसरमा उनले रकमको अभावमा उपचार गराउन नसकी रोग पालेर वस्न बाध्य भएका नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको बताए ।
- वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया