दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरीको रुपनी गाउँपालिकाले विपन्न समुदायलाई लक्षित गरी शुक्रबारदेखी निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको छ ।
युनिक कलेज एण्ड टिचिङ अस्पतालको प्राविधिक सहयोग र सहकार्यमा स्थानीय स्वास्थ्य चौकी कटैयामा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उद्घाटन गरेका छन ।
सो अवसरमा उनले रकमको अभावमा उपचार गराउन नसकी रोग पालेर वस्न बाध्य भएका नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको बताए । वडा नं. ३ कटैयाबाट शुरु भएको निःशुल्क स्वास्थ्य उपचार शिविर क्रमशः पालिकाको सबै ६ वटै वडामा पु¥याउने लक्ष्य रहेको उनले बताए ।
शिविरमा जेनरल फिजिसियनका साथै, मुटु, घाँटी, छाला, मानसिक, स्त्री, पाठेघर, हार्डजोर्नी, दन्त, बाल, आँखा, कान लगायतको रोग सम्बन्धि निःशुल्क उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना अधिकारी राम कुमार भगतले जानकारी दिए ।
शिवीरमा आउने विरामीका लागी विभिन्न परिक्षण तथा आवश्यक औषधीहरु पनि निःशुल्क उपलब्ध गराउने ब्यवस्था मिलाइएको प्रमुख प्रशासकिय अधिकृत तारणी प्रसाद यादवले जानकारी दिए ।
युनिक कलेज एण्ड टिचिङ अस्पतालका प्रशासन प्रमुख सत्यनारायण यादवको व्यवस्थापन तथा डा.रविन्द्र चौधरीको नेतृत्वको विभिन्न रोगका विषेशज्ञ सहितको टोलीले उपचार सेवा प्रदान गर्न थालेको कटैया उपस्वास्थ्य चौकीका प्रमुख बैद्यनाथ मण्डलले जानकारी दिए ।
शिवीरको पहिलो दिन विरामीको घुँइचो लागे पनि विभिन्न स्वास्थ्य परिक्षण पश्चात ३० पुरुष र ३७ महिला गरी ६७ जना विरामीले पुर्ण उपचार सेवा प्राप्त गरेको उनले जानकारी दिए ।
कटैया शिविर सकिएपछि माघ २१, माघ २५, माघ ३०, फागुन १० तथा विभिन्न मितिमा गरी क्रमशः असार महिनासम्म उक्त शिविर पालिकाको सबै ६ वटै वडामा संचालन हुने तय भएको गाउँपालिकाले जनाएको छ ।
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
सारांश
- युनिक कलेज एण्ड टिचिङ अस्पतालको प्राविधिक सहयोग र सहकार्यमा स्थानीय स्वास्थ्य चौकी कटैयामा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उद्घाटन गरेका छन ।
- सो अवसरमा उनले रकमको अभावमा उपचार गराउन नसकी रोग पालेर वस्न बाध्य भएका नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको बताए ।
- वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया