डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता

राजविराज राजविराज
|
आइतबार, आषाढ १७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता

सारांश

  •     उच्च अदालत जनकपुर राजविराज इजलासले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयका नाममा आदेश दिएपछि मुद्दा दर्ता भएको हो ।
  •       डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उपमेयरसमेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
  • सो रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले यस्तो आदेश गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, १७ असार । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादवबिरुद्ध नागरिकता प्रकरणमा आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । 
    उच्च अदालत जनकपुर राजविराज इजलासले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयका नाममा आदेश दिएपछि मुद्दा दर्ता भएको हो । 
    डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उपमेयरसमेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले यस्तो आदेश गरेको हो । 
    निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहरी अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश अनुसार ३ गते प्रमाणीकरण गरि सरकारी वकिलमार्फत जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएर मुद्दा दर्ता गरेको हो । 
    उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको उजुरीमा उल्लेख छ । 
    भारतको भोटर लिष्टमा समेत मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणसमेत उजुरीका साथमा समावेश गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक क्षेत्रमा सबलले पुर्‍याएको  योगदान सराह्निय : प्रजिअ गौतम
सामाजिक क्षेत्रमा सबलले पुर्‍याएको  योगदान सराह्निय : प्रजिअ गौतम
पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग
पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
विशेष सुरक्षा योजना लागु
विशेष सुरक्षा योजना लागु
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा