सामुदायिक खानेपानीमा करछुटको माग

राजविराज राजविराज
|
सोमबार, आषाढ ३०, २०८२
|
|
६९ पटक हेरिएको
Shares
सामुदायिक खानेपानीमा करछुटको माग

सारांश

  •     खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल सप्तरीका अध्यक्ष संजय कुमार यादवले प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन बुझाइएको हो ।
  •       बुझाइएको ज्ञापनमा महासंघको अनुरोधमा आयकर ऐन २०५८ को दफा १०(ट) मा जलश्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकममा कर छुट हुने व्यबस्था रहेको थियो ।
  • तर आर्थिक बिधेयक २०८१ को दफा ३६(२) मार्फत कर छुट हुने व्यबस्था हटाई खानेपानी जस्तो मौलिक हकको बस्तुमा नेपाल सरकारले कर लगाउने निर्णय गरेको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० असार । 

    खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुट हुने कानुनी व्यवस्था गर्न माग गर्दै सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन बुझाइएको छ । 
    खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल सप्तरीका अध्यक्ष संजय कुमार यादवले प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन बुझाइएको हो । 
    बुझाइएको ज्ञापनमा महासंघको अनुरोधमा आयकर ऐन २०५८ को दफा १०(ट) मा जलश्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकममा कर छुट हुने व्यबस्था रहेको थियो । तर आर्थिक बिधेयक २०८१ को दफा ३६(२) मार्फत कर छुट हुने व्यबस्था हटाई खानेपानी जस्तो मौलिक हकको बस्तुमा नेपाल सरकारले कर लगाउने निर्णय गरेको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । .
    ज्ञापनमा भनिएको छ, “संयुक्त राष्ट्रसंघको महासभाले २८ जुलाई २०१० मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारको रुपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुचको हक हुनेछ भनि मौलिक हकमै व्यबस्था गरिएको छ । मानव अधिकारको प्रत्याभुत गर्न र नेपालको संविधान बमोजिम मौलिक हकको कार्यान्वयनका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले गैर नाफामुलक सामुदायिक संस्थाको रुपमा खानेपानी र सरसफाइ सेवा उपलव्ध गराउन र त्यसलाई दीगो राख्न प्रयत्नसिल रहेको व्यहोरा सर्व विदितै छ ।”
    त्यस्तै खानेपानीमा कर छुटका सम्बन्धमा संघिय संसद, राष्ट्रिय सभाबाट समेत संकल्प प्रस्ताव पारित भएको र सम्माननीय राष्ट्रपतिज्यूले समेत चासो राख्नु भएको विषय जलश्रोत ऐन २०४९, खानेपानी तथा सरसफाइ ऐन २०७९ र स्थानीय सरकार संचालन ऐन २०७४ अन्तर्गत विधिबत दर्ता भएका मुनाफारहित र सामुदायिक सेवा प्रदान गर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था÷समूह÷समितिद्वारा संचालित आधारभूत मानब अधिकार र मौलिक हकको रुपमा रहेको सामुदायिक खानेपानीमा करछुट । विद्युत महसुलमा छुट हुने व्यबस्था गरिदिनु हुन देशभरका ४५ हजार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको प्रतिनिधिमुलक राष्ट्रिय छाता संगठन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेवासन) जिल्ला महासंघ सप्तरीको तर्फबाट अनुरोध गरिएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
तिम्ल्याहा बच्चाको जन्म 
तिम्ल्याहा बच्चाको जन्म 
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
नागरिकता विधेयक फिर्तापछि  लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन
नागरिकता विधेयक फिर्तापछि  लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन
औद्योगिक क्षेत्रले मनायो वार्षिकोत्सव
औद्योगिक क्षेत्रले मनायो वार्षिकोत्सव

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी