नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 

राजविराज राजविराज
|
शनिबार, आश्विन २२, २०७९
|
|
२३ पटक हेरिएको
Shares
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 

सारांश

  •     दुबै पार्टीको चुनावी तालमेलको सहमति अनुसार एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएको छ ।
  • यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।
  •     जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र जसपाले चुनावी तालमेलको सहमति गरेको छ । 
    दुबै पार्टीको चुनावी तालमेलको सहमति अनुसार एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएको छ । यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।
    जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिने भएका छन् । यसअघिको निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस्तै जसपाले सप्तरी क्षेत्र नं. ३ को ख बाट विदेश्वर यादवलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ । 
    यता नेकपा एमालेले क्षेत्र नं. १ को क बाट प्रदेशसभामा राजकुमार लेखी, क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा ताराकान्त चौधरी तथा ३ कै क बाट प्रदेशसभामा जोगेन्द्र भगत, ४ को क बाट प्रदेशसभामा बालकृष्ण चौधरीलाई उम्मेदवार बनाएको छ ।  
    यस्तै दुबै पार्टीबीच भएको चुनावी तालमेल अन्तरगत सप्तरी क्षेत्र नं. १ को क, क्षेत्र नं. ३ र ३ को क, क्षेत्र नं ४ को क मा नेकपा एमालेको भाग परेको छ भने क्षेत्र नं. १ र १ को ख, क्षेत्र नं. २ को क र ख, क्षेत्र नं. ३ को ख, क्षेत्र नं. ४ र ४ को ख जसपाको भागमा परेको छ । यद्दपी यी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि शनिबार साँझसम्म पनि जसपाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् । 
    असोज २३ गते आइतबार निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गराउदै छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
बजार अनुगमन तिब्र, टोलीलाई देख्ने बित्तिकै अधिकांश पसल बन्द 
पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न