दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र जसपाले चुनावी तालमेलको सहमति गरेको छ ।
दुबै पार्टीको चुनावी तालमेलको सहमति अनुसार एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएको छ । यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिने भएका छन् । यसअघिको निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस्तै जसपाले सप्तरी क्षेत्र नं. ३ को ख बाट विदेश्वर यादवलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ ।
यता नेकपा एमालेले क्षेत्र नं. १ को क बाट प्रदेशसभामा राजकुमार लेखी, क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा ताराकान्त चौधरी तथा ३ कै क बाट प्रदेशसभामा जोगेन्द्र भगत, ४ को क बाट प्रदेशसभामा बालकृष्ण चौधरीलाई उम्मेदवार बनाएको छ ।
यस्तै दुबै पार्टीबीच भएको चुनावी तालमेल अन्तरगत सप्तरी क्षेत्र नं. १ को क, क्षेत्र नं. ३ र ३ को क, क्षेत्र नं ४ को क मा नेकपा एमालेको भाग परेको छ भने क्षेत्र नं. १ र १ को ख, क्षेत्र नं. २ को क र ख, क्षेत्र नं. ३ को ख, क्षेत्र नं. ४ र ४ को ख जसपाको भागमा परेको छ । यद्दपी यी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि शनिबार साँझसम्म पनि जसपाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् ।
असोज २३ गते आइतबार निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गराउदै छन् ।
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको टुङ्गो, जसपा अझै अन्यौलमा
सारांश
- दुबै पार्टीको चुनावी तालमेलको सहमति अनुसार एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएको छ ।
- यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।
- जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया