दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।
नयाँ वर्ष सबैका लागि सुख, समृद्धि तथा शान्ति लिएर आओस् भनी कामनासहित एक सामाजिक संस्थाले राजविराजको मुख्य चौकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रिय सेविका नेपाल नामक संस्थाले गजेन्द्र चौकमा दीप प्रज्वलन कार्यक्रम गरि यस्तो कामना गरेको हो ।
सडकमै नेपालको नक्शा कोरेर गरिएको दीप प्रज्वलन कार्यक्रममा स्थानीयको समेतको सहभागिता रहेको थियो ।
नयाँ वर्षको अवसर पारेर पहिलो पटक यस्तो शैलीमा कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सम्पर्क प्रमुख सुनिता साह “क्रान्ति” ले बताइन् ।
उनकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि भूमि समस्या समाधान आयोग सप्तरीका सदस्य अनवर अलि, विशिष्ठ अतिथि जंगबहादुर सिंह, लोकेन्द्र झा, प्रयागलाल यादव, मुरली मनोहर चौधरी, हरिनारायण साह लगायतले नयाँ वर्ष सबैका लागि सुःख, शान्ति र समृद्धि लिएर आओस् भनी शुभकामना दिएका थिए ।
उनीहरुले आफ्नो धर्म संस्कृतिको जगेर्ना सँगै समाजमा व्याप्त बिकृती, बिसंगति बिरुद्ध सबै मिलेर काम गर्नु पर्नेमा जोड समेत दिएका थिए ।
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
सारांश
- राष्ट्रिय सेविका नेपाल नामक संस्थाले गजेन्द्र चौकमा दीप प्रज्वलन कार्यक्रम गरि यस्तो कामना गरेको हो ।
- सडकमै नेपालको नक्शा कोरेर गरिएको दीप प्रज्वलन कार्यक्रममा स्थानीयको समेतको सहभागिता रहेको थियो ।
- नयाँ वर्षको अवसर पारेर पहिलो पटक यस्तो शैलीमा कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सम्पर्क प्रमुख सुनिता साह “क्रान्ति” ले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया