दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
मैथिली विकिमिडियन्सले एडभान्स विकिपिडिया कार्यशाला सम्पन्न गरेको छ । राजविराज नगरपालिका वडा नं. ७ स्थित चाय चर्चामा सो कार्यशाला सम्पन्न गरेको हो ।
विगत तीन महिनादेखि मैथिली विकिमिडियन्सले राजविराजको विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विकिपिडिया र विकिमिडिया परियोजनाको बारेमा आधारभूत प्रशिक्षण दिँदै आएको छ ।
विकिमिडिया परियोजना र अभियान बारे थप जानकारी दिनका लागि मैथिली विकिमिडियन्सको आयोजनामा कार्यशालामा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त कार्यशालामा भारतबाट आएका कमन्स फोटोग्राफर युजर ग्रुपका उपाध्यक्ष सुयश द्विवेदी, इभेन्ट कोर्डिनेटर श्रेया द्विवेदी र विकिपिडिया कमन्सका सम्पादक सुकीर्ती द्विवेदीले सहजीकरण गरेका थिए ।
मैथिली भाषा, संस्कृति र परम्परालाई वैश्विक रूपमा अनलाइनको माध्यमद्वारा संरक्षण र प्रवर्द्धन गर्नको लागि विगत ५ वर्षदेखि मैथिली विकिमिडियन्सले निरन्तर रूपमा काम गर्दै आएको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको इन्टर–विकी अफिलिएट मिटअप कार्यक्रमको मुख्य उद्देश्य भविष्यमा राजविराजमा सार्क विकिमिडिया सम्मेलनको आयोजनाको सम्भावनामाथि चर्चा रहेको थियो ।
सोही कार्यक्रमको आयोजनाको सम्भावनामाथि चर्चा गर्नको लागि संस्थाद्वारा गाला डिनरको आयोजना गरिएको थियो । सो डिनरमा राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, वडा नं. ७ का अध्यक्ष शुभाषचन्द्र यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, सप्तरी पत्रकार महासंघको सभापति श्रवण देव, विष्णुपुर गाउँपालिका वडा नंं. ५ का अध्यक्ष जिवछ मण्डललगायत विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थितिमा राजविराज नगरमै कार्यक्रमको आयोजना गर्नुपर्ने र यथासम्भव सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
मैथिली विकिमिडियन्सले कमन्स फोटोग्राफर युजर ग्रुपसँगको सहकार्यमा तीन दिनको लागि सप्तरी दर्शन फोटोवाक, विकिमिडिया अभियानसँग सम्बन्धित विभिन्न विषय (शासन प्रणाली, साझेदारी, विकिमिडिया अभियानको भविष्य र सार्क विकिमिडिया सम्मेलनको आयोजना) माथि दुवै आवद्ध समूहबीच दोहोरो छलफल हुने मैथिली विकिमिडियन्सका अध्यक्ष पंकज देवले जानकारी दिए ।
मैथिली विकिमिडियन्सद्वारा एडभान्स विकिपिडिया कार्यशाला सम्पन्न
सारांश
- विगत तीन महिनादेखि मैथिली विकिमिडियन्सले राजविराजको विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विकिपिडिया र विकिमिडिया परियोजनाको बारेमा आधारभूत प्रशिक्षण दिँदै आएको छ ।
- विकिमिडिया परियोजना र अभियान बारे थप जानकारी दिनका लागि मैथिली विकिमिडियन्सको आयोजनामा कार्यशालामा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
- उक्त कार्यशालामा भारतबाट आएका कमन्स फोटोग्राफर युजर ग्रुपका उपाध्यक्ष सुयश द्विवेदी, इभेन्ट कोर्डिनेटर श्रेया द्विवेदी र विकिपिडिया कमन्सका सम्पादक सुकीर्ती द्विवेदीले सहजीकरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया