बुवाको हत्या गर्ने छोरा जेल चलान

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २२, २०७९
|
|
४७ पटक हेरिएको
Shares
बुवाको हत्या गर्ने छोरा जेल चलान

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ निवासी ३४ वर्षिय देवकुमार राम सप्तरी जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
  • जग्गा अंश विवादमा बुवालाई कुटपिट गर्दा मृत्यु भएको थियो ।
  •       प्रहरीका अनुसार २०७६ साल बैशाख १ गते जग्गा अंशको विवादलाई लिएर रामले आफ्नो बुबा ६५ वर्षिय जगदीशको कुटपिट गर्दै हत्या गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन । 

    आफ्नै बुवालाई कुटेर मारेको आरोपमा पक्राउ परेका छोरा सोमबार कारागार चलान भएका छन् । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ निवासी ३४ वर्षिय देवकुमार राम सप्तरी जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि कारागार चलान भएका हुन् । जग्गा अंश विवादमा बुवालाई कुटपिट गर्दा मृत्यु भएको थियो ।  
    प्रहरीका अनुसार २०७६ साल बैशाख १ गते जग्गा अंशको विवादलाई लिएर रामले आफ्नो बुबा ६५ वर्षिय जगदीशको कुटपिट गर्दै हत्या गरेका थिए । 
    घटनापछि फरार रहेका उनी गाउँ घरमै लुकिबसेको अवस्थामा सात दिन अघि पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले राममाथी कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइएको र अदालतमा उपस्थित गराउँदा पूर्पक्षका लागि कारागार पठाउने आदेश भएपछि राजविराज कारागार चलान गरिएको जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था