एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष

राजविराज राजविराज
|
शनिबार, भाद्र १८, २०७९
|
|
३१ पटक हेरिएको
Shares
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष

सारांश

  •     उनले नेपालका शासक वर्गहरु आफ्नो शासन सत्ता टिकाउनकै लागि पनि नेपाली नागरिकलाई नागरिकताबाट बन्चित गराउने षड्यन्त्र गरिरहेको बताए ।
  •       अध्यक्ष यादवले मधेश आन्दोलनकै कारण मधेशी लगायतका उत्पीडित समुदायले माधेश प्रदेश सहितको स्वाभिमान र सम्मान पाएको बताउँदै मधेश सहितका विभिन्न पहिचानको आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि अझै संघर्ष आबश्यक रहेको औल्याए ।
  •       उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आगामी संघ र प्रदेश निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह पनि गरे ।

    राजविराज÷जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले देशमा नागरिकताविहिन नेपालीलाई नागरिकताबाट बञ्चित गर्न विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । 
    जसपा महादेवा गाउँपालिकाद्वारा सप्तरीको बतनाहामा शुक्रबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् । 
    कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालिन एमाले नेतृत्वको सरकारले मधेसीको एकतालाई भाड्न नागरिकता विधेयकको नाटक रचेर विधेयक ल्याउने खेल गरेको तथा अर्कोतर्फ आफ्नै मान्छेलाई उचालेर मुद्दा हाल्न लगाएको दाबी गरे । एमालेकै ईसारामा राष्ट्रपतिले नागरिकता विधेयक स्वीकृत गर्न नमानेको आरोप पनि उनले लगाए । 
    उनले नेपालका शासक वर्गहरु आफ्नो शासन सत्ता टिकाउनकै लागि पनि नेपाली नागरिकलाई नागरिकताबाट बन्चित गराउने षड्यन्त्र गरिरहेको बताए । 
    अध्यक्ष यादवले मधेश आन्दोलनकै कारण मधेशी लगायतका उत्पीडित समुदायले माधेश प्रदेश सहितको स्वाभिमान र सम्मान पाएको बताउँदै मधेश सहितका विभिन्न पहिचानको आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि अझै संघर्ष आबश्यक रहेको औल्याए । 
    उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आगामी संघ र प्रदेश निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह पनि गरे । 
    एक अर्को प्रसङ्गमा अध्यक्ष यादवले विकासमा पछाडी परेको सप्तरी जिल्लाले विकासको गति लिन शुरु गरेको भन्दै जिल्लामा रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, सडक संरचना जस्ता विकासका आधार तयार भएको उल्लेख गरे । 
    अध्यक्ष यादवले अबको १० बर्षमा सप्तरीको मुहान फेरिने दावी गर्दै देशविकास र सामाजिक न्यायका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए ।  
    जसपा महादेवा गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम प्रबक्ता मनिष कुमार सुमन, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पार्टीका राजनीतिक समिति सदस्य शिव बहादुर बस्नेत, पुर्व साँसद सरिता यादव, केन्द्रिय सदस्य विकास कुमार तिवारी, मधेश प्रदेश सचिब युसुफ अलि, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, नवप्रबेशी दिपक कुमार यादव, राज नारायण साह, जगदीश मण्डल, आसिन मियाँ, मो. रहमद लगायतका मन्तव्य व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल