दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
पुस महिनाको सुरुवातसँगै अत्याधिक चिसो बढेपछि बालबालिकाहरुलाई विद्यालय जान कठिनाई भएको भन्दै सप्तरीका पाँच स्थानिय तहले सामुदायिक विद्यालयहरु केही दिनका लागि बन्द गरेको छ ।
राजबिराज नगरपालिकाले केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आइतवारदेखि मंगलवारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यस नगरपालिका मातहतका ४२ वटै सामुदायिक विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार यादबले जानकारी दिएका छन् ।
त्यसैगरि जिल्लाको सप्तकोशी नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरु बिहीबारदेखी पाँच दिनका लागि बन्द गरिएको छ ।
यसैगरी छिन्नमस्ता गाउपालिकाले आईतवारदेखि तीन दिन सम्मका लागि पालिका मातहतका सामुदायिक तथा निजि बिद्यालयहरूको पठनपाठन बन्द गरेको छ ।
यसैबीच सप्तरीको रुपनी गाउँपालिकाले सोमबारदेखि तीन दिन सम्मका लागि जाडो बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रशासकिय अधिकृत ललनकुमार यादवले आइतबार सुचना जारि गर्दै गाउँपालिका भित्र पर्ने सम्पुर्ण संस्थागत (निजी) तथा सामुदायिक बिद्यालय पुस ७ गतेदेखि पुस ९ गते सम्मका लागि चिसो बढेकाले बन्द गर्न सम्बन्धित सबैलार्ई अपिल गरेका छन् ।
त्यस्तै जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाले समेत हवासँगै बढेको चिसोका कारण सोमबारदेखी शुक्रबारसम्म पाँच दिन सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेको छ ।
यता तिलाठी कोईलाडी गाउँपालिकाले बिहीबारदेखी तीन दिनसम्म विद्यालय बन्द गरेको थियो । आइतबारदेखी उक्त पालिकाका विद्यालयहरु खोलिए पनि चिसो बढ्ने सम्भावना भएमा विद्यालय पुनः केही दिनका लागि बन्द गर्न सकिने गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन ।
यता अत्याधिक चिसो र शितलहर बढेपछि जनजिवन प्रभावित हुनुका साथै बजारमा मानिसकहरुको चहलपहल समेत कम भएको छ । हावा समेत चल्ने हुनाले चिसो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएपछि विभिन्न स्थानिय तहका विद्यालयहरु केही दिनका लागि बन्द गरिएको हो ।
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द
सारांश
- राजबिराज नगरपालिकाले केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
- नगरपालिकाले आइतवारदेखि मंगलवारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
- यस नगरपालिका मातहतका ४२ वटै सामुदायिक विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार यादबले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया