प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन

राजविराज राजविराज
|
आइतबार, चैत्र २४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन

सारांश

  •     सप्तरीको शम्भुनाथ नगरपालिका र सप्तकोशी नगरपालिका गरि दुई स्थानमा केन्द्र कायम गरि आयोजना गरिएको छनौट खेलकुदमा १३ वर्षमूनीका १८ जना र १६ वर्षमूनीका १२ जना खेलाडी छनौट भएको एन्फाका फुटवल प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिए ।
  •       जिल्ला फुटवल संघ सप्तरीको संयोजन र अखील नेपाल फुटवल संघको आयोजनामा भएको छनौट खेलमा ३ सय ५१ जना खेलाडी सहभागि भएको र अन्तिम छनौटमा १३ वर्षमूनीतर्फ १८ र १६ वर्षमूनीतर्फ १२ जना खेलाडी छनौटमा परेको प्रशिक्षक श्रेष्ठले बताए ।
  •       जिल्लाबाट छनौट भएकाहरुको आगामी चैत २७, २८ र २९ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरिय छनौट खेलमा सहभागि गराइने र त्यहाँबाट छनौटमा परेकाहरु एन्फा ऐकेडेमीमा आवासीय प्रशिक्षणमा चयन हुने उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
    एन्फा ऐकेडेमीमा आवासीय प्रशिक्षणका लागि छनौट गर्न सप्तरीमा आयोजना गरिएको १३ वर्षमूनी र १६ वर्षमूनीका खेलाडी छनौट कार्य आइतबार सम्पन्न भएको छ । 
    सप्तरीको शम्भुनाथ नगरपालिका र सप्तकोशी नगरपालिका गरि दुई स्थानमा केन्द्र कायम गरि आयोजना गरिएको छनौट खेलकुदमा १३ वर्षमूनीका १८ जना र १६ वर्षमूनीका १२ जना खेलाडी छनौट भएको एन्फाका फुटवल प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिए । 
    जिल्ला फुटवल संघ सप्तरीको संयोजन र अखील नेपाल फुटवल संघको आयोजनामा भएको छनौट खेलमा ३ सय ५१ जना खेलाडी सहभागि भएको र अन्तिम छनौटमा १३ वर्षमूनीतर्फ १८ र १६ वर्षमूनीतर्फ १२ जना खेलाडी छनौटमा परेको प्रशिक्षक श्रेष्ठले बताए । 
    जिल्लाबाट छनौट भएकाहरुको आगामी चैत २७, २८ र २९ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरिय छनौट खेलमा सहभागि गराइने र त्यहाँबाट छनौटमा परेकाहरु एन्फा ऐकेडेमीमा आवासीय प्रशिक्षणमा चयन हुने उनले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?