दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियास्थित सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण भइरहेको छ ।
खोला बग्ने स्थान र सार्वजनिक सडकको समेत केही भाग मिच्दै सामुदायिक भवन निर्माण कार्यप्रति स्थानीयले आपत्ति समेत प्रकट गरेका छन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेश समृद्घि कार्यक्रम अन्तर्गत प्राप्त २५ लाख रुपैयाको अनुदानबाट उपभोक्ता समिति मार्फत सो निर्माण कार्य भइरहेको छ ।
यता स्थानियले खोला बग्ने स्थानमा भवन निर्माण कार्य रोक लगाउन माँग गर्दै कंचनरुप नगरपालिका तथा सरोकारवाला अन्य निकायमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । स्थानियले दुवै भवन निर्माण कार्य नमुना मापदण्ड २०७० को विपरित भएको तथा आसपासका वस्ती डुवानको जोखिममा पर्ने भन्दै यसलाई रोक्नुपर्ने माग गरेका छन् ।
तत्कालिन बरमझिया गाविसका अध्यक्ष समेत रहेका छेदीलाल पण्डितले सरकारी रकम खेर जान नदिन र वर्षायाममा आउने बाढीले बस्तीलाई जोगाउन आफुहरु सरोकारवाला निकायलाई घचघचाई रहेको बताएका छन् ।
यता निर्माण स्थलमा आयोजनाको नाम, लागत रकम, निर्माण कार्य सुरु गरेको मिति तथा निर्माण कार्य पुरा गर्ने समयावधि लगायतका जानकारी दिने कुनै बोर्ड समेत राखिएको छैन ।
उपभोक्ता समिति पनि गोप्य ढंगले गठन गरिएको स्थानियबासीको दावी छ । जसकारण निर्माण कार्यमा समेत आर्थिक अनियमितता भईरहेको भन्दै स्थानियले सो को पनि छानविन हुनुपर्ने माग गरेका छन् । खोला किनारमा लाखौंको लगानीमा बन्दै गरेको भवन बाढीले भत्काएर खेर जाने र बस्ती पनि बाढीको जोखिममा पर्ने सम्भावना समेत रहेको छ ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष दुर्योधन गोसाईले नगरपालिकाले भविष्यमा नदी नियन्त्रणका लागी आवश्यक पर्ने सवै काम गराईदिने र हाल सोही स्थानमा जग्गा उपलब्ध गराई निर्माण कार्य सुरु गर्न भनेकाले काम सुरु गरेको बताए ।
स्थानियले सरकारी रकमको दुरुपयोग हुन नदिन र तत्काल सो काम रोक्न अदालत सम्म पुगेको जानकारी दिएका छन् । यस विषयमा सप्तरी जिल्ला अदालतमा वडा कार्यालय, उपभोक्ता समिति र कंचनरुप नगरपालिकालाई समेत विपक्षी बनाई स्थानियबासीको तर्फबाट भुषण प्रसाद गुप्ताद्वारा निषेधाज्ञा मुद्दा पनी दायर गरिएको छ ।
दायर मुदामा हाल निर्माण भई रहेको उक्त कि.नं. २ को ०–५–१२० को जग्गा सार्वजनिक सडकको बाटोको जग्गा तथा कि.नं. १५ को १–१५–१९ को जग्गा खोलाको जग्गा रहेको मालपोत कार्यालय र नापी कार्यालयबाट समेत प्रमाणित भईसकेको अवस्थामा गैर कानूनी ढंगले भईरहेको निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी गरी पाउँ भनी माग गरिएको छ ।
सो मुद्दा उपर सुनुवाई गर्दे न्यायाधिश उमेश कोईरालाको एकल ईजलासले १५ दिन भित्र उक्त जग्गामा भवन निर्माण कार्य सुरु गरिएको विषयमा विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
विकास निर्माणका काममा छिटो, छरितो र गुणस्तरिय काम होस् भन्ने उद्देश्यले उपभोक्ता समितिको गठन हुन्छ । तर, यहाँ दुवै काम गैर कानूनी ढंगले भईरहेको भन्दै स्थानियले यस प्रकरणको गहिरो छानविन हुनुपर्ने माग गरेका छन् ।
सरकारी रकमको दुरुपयोग, सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
सारांश
- खोला बग्ने स्थान र सार्वजनिक सडकको समेत केही भाग मिच्दै सामुदायिक भवन निर्माण कार्यप्रति स्थानीयले आपत्ति समेत प्रकट गरेका छन् ।
- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेश समृद्घि कार्यक्रम अन्तर्गत प्राप्त २५ लाख रुपैयाको अनुदानबाट उपभोक्ता समिति मार्फत सो निर्माण कार्य भइरहेको छ ।
- यता स्थानियले खोला बग्ने स्थानमा भवन निर्माण कार्य रोक लगाउन माँग गर्दै कंचनरुप नगरपालिका तथा सरोकारवाला अन्य निकायमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया