स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान

राजविराज राजविराज
|
मंगलबार, माघ २९, २०७५
|
|
२० पटक हेरिएको
Shares
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान

सारांश

  •     जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, श्री गौतम बुद्ध यातायात सेवा केन्द्र र रेडक्रस सोसाइटी सप्तरीको सहयोगमा राजबिराजस्थ्ति गजेन्द्र चौकमा सो रक्तदान गरिएको हो ।
  •       सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख, नेपाली सेना, साझेदारी संस्थाका सरोकारवाला ब्यक्तिहरु लगायत स्थानिय सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।
  •       उक्त कार्यक्रममा सेनाको भिम दल गण, सर्वसाधारण, प्रहरी लगायतका ४५ जनाले रक्तदान गरेको सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दासले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
    फागुन १ गतेदेखी राजविराजमा हुन लागेको सप्ताव्यापी निुशल्क स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । 
    जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, श्री गौतम बुद्ध यातायात सेवा केन्द्र र रेडक्रस सोसाइटी सप्तरीको सहयोगमा राजबिराजस्थ्ति गजेन्द्र चौकमा सो रक्तदान गरिएको हो । 
    सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख, नेपाली सेना, साझेदारी संस्थाका सरोकारवाला ब्यक्तिहरु लगायत स्थानिय सर्वसाधरणहरुको सहभागिता रहेको थियो । 
    उक्त कार्यक्रममा सेनाको भिम दल गण, सर्वसाधारण, प्रहरी लगायतका ४५ जनाले रक्तदान गरेको सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दासले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?