सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस

राजविराज राजविराज
|
सोमबार, भाद्र २०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस

सारांश

  •     सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता महतोसहित वर्तमान प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, लक्ष्मीकान्त मण्डल र सरेन्द्र यादवको नाम पनि सिफारिस गरिएको लोसपाका यूवा नेता गजेन्द्र मण्डलले जानकारी दिएका छन् ।
  •       सोमबार सप्तरी क्षेत्र नं.
  • ३ को सम्पन्न बैठकले प्रतिनिधिसभासहित प्रदेशसभा सदस्यका लागि उम्मेदवारहरुको नाम समेत सिफारिस गरिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २० भदौ ।

    सप्तरी क्षेत्र नं. ३ को प्रतिनिधिसभा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनाको नाम सिफारिस भएको छ । 
    सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता महतोसहित वर्तमान प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, लक्ष्मीकान्त मण्डल र सरेन्द्र यादवको नाम पनि सिफारिस गरिएको लोसपाका यूवा नेता गजेन्द्र मण्डलले जानकारी दिएका छन् । 
    सोमबार सप्तरी क्षेत्र नं. ३ को सम्पन्न बैठकले प्रतिनिधिसभासहित प्रदेशसभा सदस्यका लागि उम्मेदवारहरुको नाम समेत सिफारिस गरिएको उनले बताए । 
    सो क्षेत्रको प्रदेश सभा क बाट रामकुमार शास्त्री, जगदिश यादब र सुरेन्द्र यादब तथा प्रदेश सभा ख बाट गजेन्द्र कुमार मण्डल, सुनिल कुमार झा र उपेन्द्र प्रसाद साहको नाम सिफारिस गरिएको छ । 
    यता नेता महतोको धनुषा प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट एकल उम्मेदवारको रुपमा नाम सिफारिस भएको छ । उनी त्यस क्षेत्रको वर्तमान प्रतिनिधिसभा सदस्य हुन् । सो क्षेत्रबाट नेकपा एमालेकी नेतृ जुली महासेठले नाम सिफारिस भएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?