दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
सम्पूर्ण संस्थागत विद्यालयहरु व्यवस्थित रुपमा चलाउनु पर्ने कुरामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
एनप्यावशन सप्तरीको छौैठो जिल्ला अधिवेशनको शुक्रबार आयोजित उद्घाटन सत्रमा वक्ताहरुले बोल्दै सो कुरामा जोड दिएका हुन् ।
वक्ताहरुले सरकारले ल्याउन लागेको शिक्षा नीतिका कारण भविष्यमा सानातिना संस्थागत विद्यालयहरुको अस्तित्व नरहने भन्दै अहिलेदेखी नै ती विद्यालयहरु व्यवस्थित रुपमा संचालन गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा वक्ताहरुले प्रदेश स्तरिय संस्थागत विद्यालयहरुको गोष्ठी संचालन गरेर सबैको समस्याको निराकरण गर्नेतर्फ नेतृत्व पंक्तिले ध्यान दिनुपर्नेमा जोड समेत दिएका छन् । एनप्यावशन, प्यावशन, नेपाल प्यावशन लगायतका सबै संस्थाहरुले अबको दिनमा कार्यगत एकता गर्नुपर्ने बाहेकको विकल्प नरहेको समेतमा जोड दिए ।
एनप्यावशनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्य तथा सप्तरीका अध्यक्ष बौकु साहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा केन्द्रिय कोषाध्यक्ष प्रताप थापा, केन्द्रिय सल्लाहकार पाण्डव ठकुरी, प्रदेश संयोजक जयप्रकाश चौधरी, सिरहा अध्यक्ष प्रदीप कुमार तिवारी, उदयपुरका अध्यक्ष सुमन कुमार चौधरी, धनुषाका अध्यक्ष अवधेश तिवारी, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहलगायतका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई मायाको चिनो प्रदान गरि सम्मान समेत गरेको थियो ।
निजि विद्यालयहरुको छाता संगठनहरुले कार्यगत एकता गर्नुपर्नेमा जोड
सारांश
- एनप्यावशन सप्तरीको छौैठो जिल्ला अधिवेशनको शुक्रबार आयोजित उद्घाटन सत्रमा वक्ताहरुले बोल्दै सो कुरामा जोड दिएका हुन् ।
- वक्ताहरुले सरकारले ल्याउन लागेको शिक्षा नीतिका कारण भविष्यमा सानातिना संस्थागत विद्यालयहरुको अस्तित्व नरहने भन्दै अहिलेदेखी नै ती विद्यालयहरु व्यवस्थित रुपमा संचालन गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
- कार्यक्रममा वक्ताहरुले प्रदेश स्तरिय संस्थागत विद्यालयहरुको गोष्ठी संचालन गरेर सबैको समस्याको निराकरण गर्नेतर्फ नेतृत्व पंक्तिले ध्यान दिनुपर्नेमा जोड समेत दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया