कृषि विश्वविद्यालयमा तालाबन्दी

राजविराज राजविराज
|
आइतबार, श्रावण ११, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कृषि विश्वविद्यालयमा तालाबन्दी

सारांश

  •     शैक्षिक अवस्थामा सुधार तथा आवश्यक भौतिक पूर्वाधारको व्यावस्थापन लगायत विभिन्न माग अघि सार्दै विश्वविद्यालयमा अध्ययनरत विद्यालयहरुले नै तालाबन्दी गरेका हुन् ।
  •       कक्षाकोठा शैक्षिक बाताबरण मैत्री हुनुपर्ने, विद्यार्थी अनुपातमा बेन्चडेस्कको व्यवस्थापन हुनुपर्ने, पूर्वनिर्धारित भन्दा बढी शुल्क लिनु बन्द गर्नुपर्ने, विद्यार्थीबाट बढी असुल गरिएको रकम फिर्ता गर्नुपर्ने, शुल्कको नगदी रसिद उपलब्ध गर्नुपर्ने, प्रयोगात्मक कक्षा नियमित गर्नुपर्ने लगायतका माग राख्दै तालाबन्दीमा उत्रनु परेको विद्यार्थीहरुले बताएका छन् ।
  •       क्याम्पस प्रशासनलाई यसबारे पटकपटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत वेवास्ता गरिएपछी तालाबन्दीमा उत्रनु परेको उनीहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 

    राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शैक्षिक भवनमा आइतबार विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरिएको छ । 
    शैक्षिक अवस्थामा सुधार तथा आवश्यक भौतिक पूर्वाधारको व्यावस्थापन लगायत विभिन्न माग अघि सार्दै विश्वविद्यालयमा अध्ययनरत विद्यालयहरुले नै तालाबन्दी गरेका हुन् ।  
    कक्षाकोठा शैक्षिक बाताबरण मैत्री हुनुपर्ने, विद्यार्थी अनुपातमा बेन्चडेस्कको व्यवस्थापन हुनुपर्ने, पूर्वनिर्धारित भन्दा बढी शुल्क लिनु बन्द गर्नुपर्ने, विद्यार्थीबाट बढी असुल गरिएको रकम फिर्ता गर्नुपर्ने, शुल्कको नगदी रसिद उपलब्ध गर्नुपर्ने, प्रयोगात्मक कक्षा नियमित गर्नुपर्ने लगायतका माग राख्दै तालाबन्दीमा उत्रनु परेको विद्यार्थीहरुले बताएका छन् । 
    क्याम्पस प्रशासनलाई यसबारे पटकपटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत वेवास्ता गरिएपछी तालाबन्दीमा उत्रनु परेको उनीहरुले बताएका छन् ।     उनीहरूले माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान समेत व्यक्त गरेका छन् ।
    क्याम्पसले तोकेको शुल्क भन्दा बढी शुल्क विद्यार्थीबाट असुल गरि रसिद समेत उपलब्ध नगराएको र प्रयोगात्मक कक्षा नियमित नगरेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएका छन् ।
    पहिले ३ लाख २० हजार शुल्क लाग्ने भनी सूचना गरेतापनि अहिले ४ लाख ५० हजार लिएको बताउंदै विद्यार्थीहरूले यसअघि बुझाएको रकमको रसिद हालसम्म नदिएको र प्रयोगात्मक कक्षा पनि नियमित नहुँदा पठनपाठन प्रभावित हुँदै आएको गुनासो गरेका छन् ।
    श्रोत साधनको अभावमा केही समस्या भएको र शल्कका सन्दर्भमा प्राविधिक कारणले भएको गल्ति सुधार गर्दै समस्या समाधानको प्रयास भइरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान
उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह