दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी तरिकाले अघि बढीरहेको आरोप लगाएका छन् ।
राजविराजमा शुक्रबार राजविराज आँखा एण्ड जनरल हस्पिटल प्रालीको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
नेता कोइरालाले प्रधानमन्त्रीलाई नहटाएसम्म समस्याको समाधान ननिस्कने दाबी गर्दै यस्तो बेलामा नेपाली काँग्रेस र जनता समाजवादी जस्ता प्रतिपक्षी पार्टीले पनि ठोस भूमिका निर्वाहा गर्न नसकिरहेको बताए ।
संसदलाई अनिर्णयको बन्दी बनाएर लामो समयसम्म राख्न नमिल्ने भन्दै उनले संसद भूमिकाबिहीन भइरहेको तथा राजनीतिक अन्यौलता बढीरहेको अवस्थामा केही उपाय नचले निर्वाचनमै जानु उचित हुने उनको भनाई छ । आगामी मंसिरदेखी चैतसम्म भएपनि निर्वाचनमा जानु उपयुक्त हुने नेता कोइरालाको कथन थियो ।
लामो समयदेखी रिक्त रहेको उपसभामुख पदको निर्वाचन समेत नगरेर संसदलाई कमजोर बनाइएको उनको भनाई छ । नेता कोइरालाले काँग्रेस आफै अलमलमा रहेको र जनता समाजवादी पार्टी आफै दुई कित्तामा उभिन पुगेकोले देश अलमलमा परेको उल्लेख गरे ।
अस्पतालका अध्यक्ष सन्तोषकुमार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा सल्लाहकार शिवनारायण चौधरी, काँग्रेस सप्तरीका सभापति दिनेश यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, वडा नं. ५ अध्यक्ष समिर झाले पनि शुभकामना दिएका थिए ।
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि बढीरहेका छन् : डा. कोइराला
सारांश
- राजविराजमा शुक्रबार राजविराज आँखा एण्ड जनरल हस्पिटल प्रालीको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
- नेता कोइरालाले प्रधानमन्त्रीलाई नहटाएसम्म समस्याको समाधान ननिस्कने दाबी गर्दै यस्तो बेलामा नेपाली काँग्रेस र जनता समाजवादी जस्ता प्रतिपक्षी पार्टीले पनि ठोस भूमिका निर्वाहा गर्न नसकिरहेको बताए ।
- संसदलाई अनिर्णयको बन्दी बनाएर लामो समयसम्म राख्न नमिल्ने भन्दै उनले संसद भूमिकाबिहीन भइरहेको तथा राजनीतिक अन्यौलता बढीरहेको अवस्थामा केही उपाय नचले निर्वाचनमै जानु उचित हुने उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया