प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३१, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •     जारि विज्ञप्तिमा प्रदेश २ का सबैभन्दा बढी रौतहट जिल्लामा बाढीबाट १० जनाको मृत्यु भएको जनाइएको छ ।
  • त्यस्तै महोत्तरीमा ६, धनुषामा ५, सिरहामा ५, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ ।
  • बाढीमा धनुषा र रौतहटमा बाढीमा परि एक÷एक जना वेपत्ता भएको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ असार । 
    प्रदेश २ का प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक ज्ञान प्रसाद महतोले मंगलबार प्रदेश २ का ८ वटै जिल्लामा बाढीबाट भएको क्षति विवरण प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् । 
    जारि विज्ञप्तिमा प्रदेश २ का सबैभन्दा बढी रौतहट जिल्लामा बाढीबाट १० जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै महोत्तरीमा ६, धनुषामा ५, सिरहामा ५, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ । बाढीमा धनुषा र रौतहटमा बाढीमा परि एक÷एक जना वेपत्ता भएको उल्लेख छ । 
    यता सप्तरी जिल्लामा भने कुनै मानविय क्षति नभएपनि बाढीबाट सप्तरीमा ५० घर पूर्णरुपमा क्षतिग्रस्त भएको तथा ३ हजार घर डुवानमा परि ३ सय परिवार बिस्थापनमा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
    यस्तै बाढीबाट १२ हजार सर्वसाधारण प्रभावित भएको र बाढीमा फसेका ८ सय जनाको प्रहरीद्वारा सकुशल उद्दार गरि प्रारम्भिक राहत स्वरुप त्रिपाल, चामल, दाल, भुजा, च्युरा, चाउचाउ, बिस्कुट, नुन, तेल र लत्ताकपडा लगायतका राहत सामाग्रि सरकारी स्तरबाट उपलब्ध गराइएको विज्ञप्तिमार्फ जानकारी गराइएको छ । 
    जारि विज्ञप्तिमा प्रदेश २ का ८ वटै जिल्लामा १ लाख १८ हजार ९ सय ४ घरहरु बाढीबाट प्रभावित भएको, १३ हजार ४४ बिस्थापित घरका ६ लाख ७९ हजार ३ सय १५ जना प्रभावित भएको तथा ३ हजार ५ सय ७४ घर पूर्ण रुपमा क्षति भएको उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह
यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह
राजविराज नगरपालिका क्षेत्रमा गाजा खेती सर्वाधिक
राजविराज नगरपालिका क्षेत्रमा गाजा खेती सर्वाधिक
रेल मार्गले सकारात्मक पक्षको संकेत देखाउँछ
रेल मार्गले सकारात्मक पक्षको संकेत देखाउँछ
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार