मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २३, २०७९
|
|
२६ पटक हेरिएको
Shares
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु

सारांश

  •     सप्तरीको राजविराज–तिलाठी सडक खण्डमा बुधबार राती भएको उक्त दुर्घटनामा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ निवासी ४३ वर्षिय सतिश कुमार यादवको मृत्यु भएको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीले राती २ बजेतिर राजविराजतर्फ आउँदै गरेको को.
  • १७प.

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख । 
    मोटरसाइकल र साइकल एक आपसमा ठोकिदा बुधबार राती साइकल चालकको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । 
    सप्तरीको राजविराज–तिलाठी सडक खण्डमा बुधबार राती भएको उक्त दुर्घटनामा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ निवासी ४३ वर्षिय सतिश कुमार यादवको मृत्यु भएको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले राती २ बजेतिर राजविराजतर्फ आउँदै गरेको को.१७प. ८५६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोकिदा साइकल सवार यादवको मृत्यु भएको जानकारी दिएको छ । 
    दुर्घटनामा मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका १ निवासी २० वर्षिय शंकर भनिने इन्द्रजित कुमार यादव गम्भिर घाइते भएका छन् । उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    दुर्घटनामा परेका मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?