सेवा निवृत अग्रज पत्रकारहरुलाई पेन्सनको  व्यवस्था मिलाउने ः मिडिया काउन्सील 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २, २०७७
|
|
४४ पटक हेरिएको
Shares
सेवा निवृत अग्रज पत्रकारहरुलाई पेन्सनको  व्यवस्था मिलाउने ः मिडिया काउन्सील 

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भट्टराइले पत्रकारहरुले भोग्नु परिरहेको समस्या तथा सोको समाधान बारे सुझाव लिने कार्यको सप्तरीबाट सुरुवात गरेको बताएका छन् ।
  •       उनले आउँदो दिनमा प्रदेशका ८ वटै जिल्लामा संचार क्षेत्रका समस्या र समाधान बारे सुझाव संकलन गरिने जानकारी पनि दिए ।
  •       कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले लामो समय पत्रकारिता गरि सेवा निवृत भएका अग्रज पत्रकारहरुलाई पेन्सनको व्यवस्था, पत्रिकाहरुको वर्गिकरण, पत्रकार आचारसहिंता लगायतका विषयमा देखिएका कमिकमजोरीमा सुधार गर्नेतर्फ काउन्सील र प्राधिकरणले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २ फागुन । 
    प्रदेश २ सरकारद्वारा हालै गठित मिडिया काउन्सील तथा आमसंचार प्राधिकरणले आइतबारदेखी सप्तरीबाट सुझाव संकलन सुरु गरेको छ । 
    नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भट्टराइले पत्रकारहरुले भोग्नु परिरहेको समस्या तथा सोको समाधान बारे सुझाव लिने कार्यको सप्तरीबाट सुरुवात गरेको बताएका छन् । 
    उनले आउँदो दिनमा प्रदेशका ८ वटै जिल्लामा संचार क्षेत्रका समस्या र समाधान बारे सुझाव संकलन गरिने जानकारी पनि दिए । 
    कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले लामो समय पत्रकारिता गरि सेवा निवृत भएका अग्रज पत्रकारहरुलाई पेन्सनको व्यवस्था, पत्रिकाहरुको वर्गिकरण, पत्रकार आचारसहिंता लगायतका विषयमा देखिएका कमिकमजोरीमा सुधार गर्नेतर्फ काउन्सील र प्राधिकरणले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    सोही कार्यक्रममा आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विगतमा भएका मधेश आन्दोलनमा पत्रकारहरुको सकारात्मक सहयोग रहेको भन्दै मिडियालाई अझ सशक्त बनाउन सबैको निरन्तर सहयोग आवश्यक रहेको बताए ।
    उनले प्रदेश २ मा संचार क्षेत्रका समस्या गम्भिर रहेको भन्दै तीनको समाधानमा आफूहरु लागिपरेको र त्यसको सुरुवात भएको उल्लेख गरे ।
    प्रदेश २ मा सरकारले आफ्नै टेलिभिजन, रेडियो तथा पत्रपत्रिका संचालन गर्ने योजना रहेको बताउँदै उनले यसका लागि पनि आवश्यक सुझाव दिन आग्रह पनि गरे ।     पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, प्रेस काउन्सीलका पूर्व सदस्य अनिलकुमार अनल, मुरली यादव, देवराम यादव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पूर्व सभापति धिरेन्द्र प्रसाद साह, सल्लाहकार श्रवण देव लगायतले आ–आफ्नो सुझाव दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली 
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली 
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु 
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु 
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?