दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गत साउन २० गते प्रहरीको गोली लागि मृत्यु भएका सप्तरीको राजगढ २ कमलपुर निवासी ३६ वर्षिय लालुप्रसाद यादवका परिवारजनसँग आइतबार भेटघाट गरि घटनाबारे बिस्तृत जानकारी लिएका छन् ।
सो क्रममा मुख्यमन्त्री सिंहले घटना अत्यन्त दुःखद र पीडादायी विषय भएको बताउँदै शोकाकुल परिवारका सदस्यहरू, स्थानीयवासी तथा नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।
उनले यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने प्रार्थना गर्दै घटना सम्बन्धमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेकोले सत्यतथ्य छिट्टै सार्वजनिक हुने विश्वास समेत व्यक्त गरे ।
मृत्यु भएका यादव सो पालिकास्थित श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत हुन ।
यसअघि यादवको मृत्यु भएको विरोधमा स्थानीयहरु जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी बुधबार बिहानैदेखी प्रदर्शनमा उत्रिएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले साँझ अश्रु ग्यास प्रहार गरिएको थियो ।
स्थानीयहरुले व्यक्तिलाई नियन्त्रणमा लिने अवस्था हुँदाहुँदै पनि प्रहरीले गोली चलाएर ज्यान लिएको आरोप लगाउँदै घट्नाको सत्यतथ्य छानविन हुनुपर्ने माग गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहाल रसंघर्ष समिति संयोजक दिपेन्द्र कुमार यादव सहितका सरोकारबालाहरुको बैठकले पाँच बुदे निर्णय गरेपछी आन्दोलन पिस्थगित भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै सोको छानविन गरी सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय समिति गठनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने र क्षतिपूर्ति सम्बन्धमा छानवीन समितिको प्रतिवेदन बमोजिम हुने सहमति भएको छ ।
प्रहरी टोलीको नेतृत्व गर्ने प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई घटनाको छानवीन हुँदा सम्म जिम्मेवारीबाट अलग राख्न तालुक निकायमा अनुरोध गर्ने र आन्दोलनरत पक्षहरुले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने सर्वपक्षिय बैठकमा सहमति भएको थियो ।
यसैबीच सोही घटना बारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयबाट आएको टोलीले शुक्रबारदेखी अनुसन्धान सुरु गरेको छ ।
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
सारांश
- सो क्रममा मुख्यमन्त्री सिंहले घटना अत्यन्त दुःखद र पीडादायी विषय भएको बताउँदै शोकाकुल परिवारका सदस्यहरू, स्थानीयवासी तथा नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।
- उनले यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने प्रार्थना गर्दै घटना सम्बन्धमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेकोले सत्यतथ्य छिट्टै सार्वजनिक हुने विश्वास समेत व्यक्त गरे ।
- मृत्यु भएका यादव सो पालिकास्थित श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया