दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गत साउन २० गते प्रहरीको गोली लागि मृत्यु भएका सप्तरीको राजगढ २ कमलपुर निवासी ३६ वर्षिय लालुप्रसाद यादवका परिवारजनसँग आइतबार भेटघाट गरि घटनाबारे बिस्तृत जानकारी लिएका छन् ।
सो क्रममा मुख्यमन्त्री सिंहले घटना अत्यन्त दुःखद र पीडादायी विषय भएको बताउँदै शोकाकुल परिवारका सदस्यहरू, स्थानीयवासी तथा नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।
उनले यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने प्रार्थना गर्दै घटना सम्बन्धमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेकोले सत्यतथ्य छिट्टै सार्वजनिक हुने विश्वास समेत व्यक्त गरे ।
मृत्यु भएका यादव सो पालिकास्थित श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत हुन ।
यसअघि यादवको मृत्यु भएको विरोधमा स्थानीयहरु जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी बुधबार बिहानैदेखी प्रदर्शनमा उत्रिएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले साँझ अश्रु ग्यास प्रहार गरिएको थियो ।
स्थानीयहरुले व्यक्तिलाई नियन्त्रणमा लिने अवस्था हुँदाहुँदै पनि प्रहरीले गोली चलाएर ज्यान लिएको आरोप लगाउँदै घट्नाको सत्यतथ्य छानविन हुनुपर्ने माग गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहाल रसंघर्ष समिति संयोजक दिपेन्द्र कुमार यादव सहितका सरोकारबालाहरुको बैठकले पाँच बुदे निर्णय गरेपछी आन्दोलन पिस्थगित भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै सोको छानविन गरी सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय समिति गठनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने र क्षतिपूर्ति सम्बन्धमा छानवीन समितिको प्रतिवेदन बमोजिम हुने सहमति भएको छ ।
प्रहरी टोलीको नेतृत्व गर्ने प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई घटनाको छानवीन हुँदा सम्म जिम्मेवारीबाट अलग राख्न तालुक निकायमा अनुरोध गर्ने र आन्दोलनरत पक्षहरुले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने सर्वपक्षिय बैठकमा सहमति भएको थियो ।
यसैबीच सोही घटना बारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयबाट आएको टोलीले शुक्रबारदेखी अनुसन्धान सुरु गरेको छ ।
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
सारांश
- सो क्रममा मुख्यमन्त्री सिंहले घटना अत्यन्त दुःखद र पीडादायी विषय भएको बताउँदै शोकाकुल परिवारका सदस्यहरू, स्थानीयवासी तथा नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।
- उनले यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने प्रार्थना गर्दै घटना सम्बन्धमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेकोले सत्यतथ्य छिट्टै सार्वजनिक हुने विश्वास समेत व्यक्त गरे ।
- मृत्यु भएका यादव सो पालिकास्थित श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया