छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २२, २०७८
|
|
७८ पटक हेरिएको
Shares
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा

सारांश

  •     केही महिनायता सो सडक खण्डमा साना पोखरीजस्तै खाल्डा बनेका छन् ।
  • बाटोको खराब अवस्थाकै कारण अहिले राजविराजबाट मन्दिर पुग्न एक घण्टाभन्दा बढी समय लाग्ने भएको स्थानीयवासीको भनाइ छ ।
  •     सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर जाने सडकमा ठूलठूला खाल्डाखुल्डी भई पानी जमेका कारण दसँैमा दर्शनका लागि आउने भक्तजनलाई मन्दिरसम्म पुग्न समस्या भइरहेको छ ।

अरुणकुमार यादव
राजविराज, २२ असोज (रासस) ।
    राजविराजबाट दक्षिणतर्फ ११ किलोमिटर पर एतिहासिक तथा धार्मिक छिन्नमस्ता भगवती मन्दिर छ । बाटो दुरुस्त हुँदा सप्तरीको सदरमुकाम राजविराजबाट चारपाङ्ग्रे सवारीसाधनले १० मिनेटमा मन्दिर पुग्थ्यो । तर राजविराज–छिन्नमस्ता सडक खण्डको खराब अवस्थाका कारण मन्दिर पुग्न अहिले एकदेखि डेढ घण्टासम्म समय लाग्ने गर्दछ । 
    केही महिनायता सो सडक खण्डमा साना पोखरीजस्तै खाल्डा बनेका छन् । बाटोको खराब अवस्थाकै कारण अहिले राजविराजबाट मन्दिर पुग्न एक घण्टाभन्दा बढी समय लाग्ने भएको स्थानीयवासीको भनाइ छ ।
    सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर जाने सडकमा ठूलठूला खाल्डाखुल्डी भई पानी जमेका कारण दसँैमा दर्शनका लागि आउने भक्तजनलाई मन्दिरसम्म पुग्न समस्या भइरहेको छ । सो सडक खण्डमा राजविराजबाटै खाल्डाखुल्डी सुरु हुन्छ । राजविराजको सिरहारोड, बोरिया र कोचाबखारीमा बीच सडकमै ठूलो खाल्डो परेको सडकमा वर्षाको पानी जमेपछि मन्दिरसम्म मन्दिरसम्म पुग्न समस्या हुने गरेको भक्तजनको गुनासो छ ।
    दैनिक रूपमा सवारीसाधनहरू दुर्घटना भइरहन्छन् । तर, सडक पुनर्निर्माण गर्नेतर्फ सरकारी निकायको ध्यान जान सकेको छैन । “राजविराजदेखि मन्दिरसम्मको ११ किलोमिटर बाटो पार गर्न एकदेखि डेढ घण्टासम्म समय लाग्ने, त्यो पनि डरलाग्दो बाटो पार गर्नुपर्ने अवस्था छ”, मन्दिरबाट पूजा गरेर फर्किनु भएका राजविराज नगरापालिका–३ का श्याम रजकले भन्नुभयो, “सडकको अवस्था हेर्दा सवारीसाधन चल्नै नसक्ने खालको छ ।” उक्त सडक खण्डमा लामो समयदेखि खाल्डो परेको भए पनि सडक विभाग र स्थानीय तहले समेत ध्यान नदिँदा मन्दिर आवतजावत गर्न भक्तजनलाई निकै सास्ती हुने गरेको उहाँको भनाइ छ । 
    उहाँले सो सडक खण्ड हिलाम्मे र खाल्टोले भरिएको छ । सडकको दुरवस्थाले सर्वसाधारणलाई मन्दिरसम्म पैदल हिडेर जानसमेत समस्या रहेको बताउनुभयो । उक्त सडकमा दैनिक जोखिम मोलेर सवारीसाधन चलाउनुपरेको चालकहरू बताउँछन् । “खाल्टामा साना चारपांग्रे गाडी फस्छन्”, उहाँले भन्नुभयो, “सवारीमा त क्षति हुन्छ हुन्छ, ज्यानको पनि उत्तिकै जोखिम छ  ।” 
    दसँैका अवसरमा मन्दिरमा भक्तजनको बढी भीडभाड हुने गर्छ । भगवतीको दर्शन र पूजापाठका लागि चार पाङ्ग्रे सवारीसाधन लिएर आउने भक्तजन हिलाम्मे र खल्डाखुल्डी सडकका कारण दुर्घटनाको जोखिममा रहेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताउनुभयो । उहाँले कोरोना महामारीका कारण गत वर्ष कम भीड हुने गरेको भएपनि यो वर्ष दसैँमा दर्शानार्थीको उल्लेखनीय भीड बढी रहेको बताउनुभयो । 
    मानिसको दैनिक चाप बढ्दा यहाँको जीर्ण र हिलो सडकका कारण दैनिक अटो, सिटी रिक्सा, मोटरसाइकल, कार, दुर्घटना हुने जोखिममा रहेको उहाँको भनाइ छ । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवालाको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको गुनासो गर्दै उहाँले कोभिड–१९ का कारण गत वर्ष बलि चढाउनु बाँकी रहेकाले समेत यस वर्ष बलि चढाउने हँुदा भक्तजनको बढी भीड हुने जानकारी दिनुभयो । 
    यसैबीच नेपाल भारत सीमानाका खुला भएका कारण भारतीय नागरिक छिन्नमस्ता मन्दिरमा दर्शन र पूजापाठको लागि आउने गरेको छिन्नमस्ता मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विगत डेढ वर्षदेखि कोरोना महामारीका कारण नेपाल सरकारले नेपाल–भारत सीमानाका बन्द गरेको हुँदा छिन्नमस्ता मन्दिर दर्शन गर्न आउने भारतीय नागरिक अत्यन्तै कम थिए । सो सडक खण्डको दुरवस्थाले भक्तजनलाई सास्ती बेहोर्नुपरिरहेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी 
नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी 
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
नवजात शिशुको शव फेला
नवजात शिशुको शव फेला
सप्तरीमा गाउँसभा सम्पन्न गर्ने छिन्नमस्ता पहिलो
सप्तरीमा गाउँसभा सम्पन्न गर्ने छिन्नमस्ता पहिलो
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन