दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका निमित्त प्रमुख कमलनाथ यादवको नेतृत्वको टोलीले बुधबार जिल्लाको विभिन्न विद्यालयहरुमा आकस्मिक अनुगमन गरेको छ ।
निमित्त प्रमुख यादवसँगै लेखाजोखा संयोजक बिरेन्द्र कुमार चौधरी समेतको टोलीले विद्यालयहरुको अनुगमन गर्दा विद्यार्थी संख्या अत्यन्त न्युन तथा शिक्षकहरुको उपस्थिति पनि सन्तोषजनक नरहेको पाइएको छ ।
राजविराज वडा नं. १ स्थित महाकवि देवकोटा आधारभुत विद्यालयमा अनुगमन गर्दा विद्यार्थीको उपस्थिति नरहेको तथा त्यहा कार्यरत १३ शिक्षक शिक्षिका मध्ये दुई जना शिक्षक अनुपस्थित पाइएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख यादवले जानकारी दिए ।
त्यस्तै तिरहुत गाउँपालिका वडा नं. ४ स्थित मावि डिमनमा २४ मध्ये १४ जना मात्र शिक्षकहरुको उपस्थिति तथा विद्यार्थीको संख्या पनि अत्यन्त न्युन रहेको पाइएको छ । यसैगरि अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नं. स्थित ठाकुरजी माविमा अनुगमन गर्दा २४ मध्ये १५ जना मात्र शिक्षकहरुको उपस्थिति र विद्यार्थीको संख्या न्युन रहेको पाइएको टोलीका सदस्य बिरेन्द्र कुमार चौधरीले जानकारी दिए ।
सोही स्थानमा रहेको अर्का जनचेतना माविमा सबै शिक्षकहरुको उपस्थिति रहेपनि विद्यार्थीको संख्या न्युन पाइएको छ ।
अनुगमन पश्चात् सबै विद्यालयका प्रधानाध्यापकहरुलाई शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख यादवले आगामी दिनमा सबै शिक्षकहरुको अनिवार्य उपस्थिति तथा विद्यार्थीको उपस्थिति समेत बढाउन निर्देशन दिएका छन् ।
विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून
सारांश
- निमित्त प्रमुख यादवसँगै लेखाजोखा संयोजक बिरेन्द्र कुमार चौधरी समेतको टोलीले विद्यालयहरुको अनुगमन गर्दा विद्यार्थी संख्या अत्यन्त न्युन तथा शिक्षकहरुको उपस्थिति पनि सन्तोषजनक नरहेको पाइएको छ ।
- राजविराज वडा नं.
- १ स्थित महाकवि देवकोटा आधारभुत विद्यालयमा अनुगमन गर्दा विद्यार्थीको उपस्थिति नरहेको तथा त्यहा कार्यरत १३ शिक्षक शिक्षिका मध्ये दुई जना शिक्षक अनुपस्थित पाइएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया