पचास वर्षिया दायमनको रहस्यमय हत्या

राजविराज राजविराज
|
सोमबार, आश्विन १२, २०७७
|
|
६७ पटक हेरिएको
Shares
पचास वर्षिया दायमनको रहस्यमय हत्या

सारांश

  •     स्थानीय शिवनारायण यादवकी पत्नी दायमन देवीको रहस्यमय हत्या भएको हो ।
  • गत बिहीबार बिराटनगरबाट घर आएकी दायमानको मृत शरीर शनिबार बिहान शौचालय नजिक आंगनमा फेला परेको हो ।
  •       घाँटीमा प्लाष्टिकको दुई वटा डोरी बाँधेको, कान र नाकबाट रगत आएको तथा शरीरमा निलडाम समेत भेटिएका कारण प्रारम्भिक अवस्था हेर्दा हत्या नै भएको हुन सक्ने प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
    सप्तरीको तिरहुत गाउँपालिका वडा नं. २ मैनाकडेरीमा एक ५० वर्षिया महिलाको रहस्यमय हत्या भएको छ ।  
    स्थानीय शिवनारायण यादवकी पत्नी दायमन देवीको रहस्यमय हत्या भएको हो । गत बिहीबार बिराटनगरबाट घर आएकी दायमानको मृत शरीर शनिबार बिहान शौचालय नजिक आंगनमा फेला परेको हो । 
    घाँटीमा प्लाष्टिकको दुई वटा डोरी बाँधेको, कान र नाकबाट रगत आएको तथा शरीरमा निलडाम समेत भेटिएका कारण प्रारम्भिक अवस्था हेर्दा हत्या नै भएको हुन सक्ने प्रहरीको भनाई छ । 
    गाउँस्थित घरमा दायमन र उनकी सासु ७६ वर्षिया जोहरीदेवी यादव बस्ने गरेका थिए । पति शिवनारायण बिराटनगरस्थित एक विद्यालयमा शिक्षक हुन् भने उनको दुई छोरा काठमाडौंमा बस्दै आएका छन् । 
    बिहीबार शिवनारायणले आमालाई बिराटनगर बोलाएपछि उनी घरमा एक्लै थिइन् । यसअघि पतिले बोलाएपछि एकसाता अघि सासुलाई घरमा छाडी दायमन बिराटनगर पुगेकी थिइन् र सोही दिन उनी फर्किएकी थिइन् । 
    यता पति शिवनारायणले हालखबर बुझ्न शुक्रबार बेलुका फोन गरेपनि श्रीमतीले फोन नउठाएपछि छिमेकीलाई खबर बुझ्न शनिबार घर पठाएका थिए । शनिबार बिहानै छिमेकीहरु घर पुग्दा शौचालय नजिकै आंगनमा दायमन मृत भेटिएकी थिइन् ।
    घटना सम्बन्धमा वडा अध्यक्ष जयप्रकाश यादवले दायमनको घरमा रहेका सबै गरगहना, नगद तथा अन्य सरसामान सुरक्षित रहेकाले हत्या कसले र किन गरेको भन्ने कुरा रहस्यमय रहेको बताएका छन् । 
    प्रहरी उपरिक्षक राजेन्द्र धमलाले शवलाई पोष्टमार्टमका आइतबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिएका छन् । 
    घटना बारे सुक्ष्म अनुसन्धान गर्न सोमबार जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयबाट एउटा टोली समेत आइपुगेको र जिल्ला प्रहरी कार्यालय समेतको संलग्नतामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?