तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
१८ पटक हेरिएको
Shares
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन

सारांश

  •     राजविराजस्थित श्री केशो अनिरुद्धवति माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रेशन फारम वापत मनपरी शुल्क असुली गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
  •       उनीहरुले बढी लिइएको शुल्क फिर्ता तथा सोको छानविन गरी दोषीमाथि कार्वाहीको माग गर्दै कार्यवाहक नगरप्रमुख ईसरत प्रवीणलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
  •     ज्ञापनपत्रमा परिक्षा नियन्त्रण कार्यालयले रजिष्ट्रेशन फारम वापत शुल्क ३ सय रुपैयाँ तोकेपनि विद्यार्थीहरुबाट ५ सयका दरले असुल गरिएको र सो वापतको रसिद समेत नदिएको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।

    सरकारले तोकेको भन्दा दोब्बर तेब्बर शुल्क लिएको भन्दै शुक्रबार राजविराजमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
    राजविराजस्थित श्री केशो अनिरुद्धवति माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रेशन फारम वापत मनपरी शुल्क असुली गरेको भन्दै प्रदर्शन गरेका हुन् । 
    उनीहरुले बढी लिइएको शुल्क फिर्ता तथा सोको छानविन गरी दोषीमाथि कार्वाहीको माग गर्दै कार्यवाहक नगरप्रमुख ईसरत प्रवीणलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

    ज्ञापनपत्रमा परिक्षा नियन्त्रण कार्यालयले रजिष्ट्रेशन फारम वापत शुल्क ३ सय रुपैयाँ तोकेपनि विद्यार्थीहरुबाट ५ सयका दरले असुल गरिएको र सो वापतको रसिद समेत नदिएको उल्लेख छ । 
    ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख प्रवीणलले तत्कालै सो विद्यालयका प्रधानाध्यापक भोगेन्द्र प्रसाद यादवलाई बोलाएर सो बारे सोधपुछ गरेका थिए । उनले विद्यार्थीको सहमति बेगर लिएको बढी रकम तत्काल फिर्ता गर्न निर्देशन समेत दिएकी छिन् । 
    यता विद्यार्थी राकेश यादवले राजविराजस्थित राजदेवी माध्यमिक विद्यालय र जनता मेमोरियल माध्यमिक विद्यालय समेतले रजिष्ट्रेशन फारम शुल्कको नाउँमा विद्यार्थीहरुबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म विद्यालय प्रशासनले असुल गरिरहेको गुनासो पोखे । 
    शिक्षा विकास तथा समन्वय ईकाई सप्तरीका निमित्त प्रमुख राजदेव यादवले विद्यार्थीहरुको गुनासो आएपछि शुक्रवार नै सम्बन्धित विद्यालयलाई तीन सय भन्दा बढी शुल्क नलिन तथा बढी लिएको भए सो रकम तत्काल फिर्ता गर्न निर्देशन सहितको पत्राचार गरिएको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
मोटरसाइकलको ठक्करबाट बालिकासहित तीन घाइते
मोटरसाइकलको ठक्करबाट बालिकासहित तीन घाइते
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
पूर्व राजा फागुन २६ गते सप्तरी आउँदै
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी