स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा 

राजविराज राजविराज
|
आइतबार, पौष २२, २०७५
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  •     मुलुककै पुरानो मध्ये एक टाउन प्लानिङ तथा भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित सप्तरी सदरमुकाम राजविराज क वर्ग अर्थात सुगम नगरपालिकामा परेको छ ।
  •       नौं नगरपालिका र नौं गाउँपालिका रहेको यस जिल्लामा सरकारले गरेको वर्गीकरणमा क वर्ग अति दुर्गममा एउटा पनि स्थानिय तह परेको छैन ।
  •     संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालका ७ सय ५३ वटा स्थानिय तहलाई पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा वर्गीकरण गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
    सरकारले प्रशासनिक आधारमा गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा सप्तरीका १८ वटा स्थानिय तह मध्ये ख वर्ग दुर्गममा ६ वटा गाउँपालिका र ग वर्ग मध्यममा ८ नगरपालिका र ३ गाउँपालिका परेका छन् भने एक नगरपालिका घ वर्ग सुगममा परेको छ ।  
    मुलुककै पुरानो मध्ये एक टाउन प्लानिङ तथा भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित सप्तरी सदरमुकाम राजविराज क वर्ग अर्थात सुगम नगरपालिकामा परेको छ । 
    नौं नगरपालिका र नौं गाउँपालिका रहेको यस जिल्लामा सरकारले गरेको वर्गीकरणमा क वर्ग अति दुर्गममा एउटा पनि स्थानिय तह परेको छैन ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालका ७ सय ५३ वटा स्थानिय तहलाई पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा वर्गीकरण गरेको हो । 
    जसअनुसार अति दुर्गम ‘क’ वर्गका १ सय ६२, दुर्गम ‘ख’ वर्गका २ सय १८, मध्यम ‘ग’ वर्गका २ सय ७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । 
    यता सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिक र राजगढ गाउँपालिका ख वर्ग दुर्गममा परेका छन् ।  
    त्यस्तै कंचनरुप नगरपालिका, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बोदेबरसाइन नगरपालिका, रुपनी गाउँपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका ग वर्ग मध्यममा परेका छन् । 
    मन्त्रालयले यातायातको सुविधा सडक र हवाई यातायातको गुणस्तर र नियमितता, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरेको हो । 
    वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्तिविकासमा समेत वस्तुगत बनाउन सजिलो हुनेछ । यता मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन