स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा 

राजविराज राजविराज
|
आइतबार, पौष २२, २०७५
|
|
७२ पटक हेरिएको
Shares

सारांश

  •     मुलुककै पुरानो मध्ये एक टाउन प्लानिङ तथा भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित सप्तरी सदरमुकाम राजविराज क वर्ग अर्थात सुगम नगरपालिकामा परेको छ ।
  •       नौं नगरपालिका र नौं गाउँपालिका रहेको यस जिल्लामा सरकारले गरेको वर्गीकरणमा क वर्ग अति दुर्गममा एउटा पनि स्थानिय तह परेको छैन ।
  •     संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालका ७ सय ५३ वटा स्थानिय तहलाई पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा वर्गीकरण गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
    सरकारले प्रशासनिक आधारमा गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा सप्तरीका १८ वटा स्थानिय तह मध्ये ख वर्ग दुर्गममा ६ वटा गाउँपालिका र ग वर्ग मध्यममा ८ नगरपालिका र ३ गाउँपालिका परेका छन् भने एक नगरपालिका घ वर्ग सुगममा परेको छ ।  
    मुलुककै पुरानो मध्ये एक टाउन प्लानिङ तथा भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित सप्तरी सदरमुकाम राजविराज क वर्ग अर्थात सुगम नगरपालिकामा परेको छ । 
    नौं नगरपालिका र नौं गाउँपालिका रहेको यस जिल्लामा सरकारले गरेको वर्गीकरणमा क वर्ग अति दुर्गममा एउटा पनि स्थानिय तह परेको छैन ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालका ७ सय ५३ वटा स्थानिय तहलाई पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा वर्गीकरण गरेको हो । 
    जसअनुसार अति दुर्गम ‘क’ वर्गका १ सय ६२, दुर्गम ‘ख’ वर्गका २ सय १८, मध्यम ‘ग’ वर्गका २ सय ७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । 
    यता सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिक र राजगढ गाउँपालिका ख वर्ग दुर्गममा परेका छन् ।  
    त्यस्तै कंचनरुप नगरपालिका, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बोदेबरसाइन नगरपालिका, रुपनी गाउँपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका ग वर्ग मध्यममा परेका छन् । 
    मन्त्रालयले यातायातको सुविधा सडक र हवाई यातायातको गुणस्तर र नियमितता, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरेको हो । 
    वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्तिविकासमा समेत वस्तुगत बनाउन सजिलो हुनेछ । यता मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी