दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
श्रोत नखुलेको झण्डै ८ लाख रुपैया सहित दुई जना युवती पक्राउ परेका छन् ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ की सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका १ की २६ वर्षिया चन्दा कुमारी चौधरीलाई श्रोत नखुलेको ७ लाख ८६ हजार ५ सय रुँपैयासहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको रुपनी गाउापालिका १ स्थित खाडो खोलाको पुलमा सोमबार चेकजाचको क्रममा स्कुटीमा सवार उनीहरुको साथबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
पक्राउ परेकाहरु बारे मंगलबार घटना विवरण सार्वजनिम गर्दै डिएसपी नेउपानेले चेकजाचको क्रममा दुबै जना सवार प्र.१–००४८प.३०९० नम्बरको स्कुटीको डिक्कीबाट ७ लाख ५० हजार तथा उनीहरुले लगाएको ज्याकेटबाट ३६ हजार ५ सय रुँपैया बरामद भएको जानकारी दिए ।
उनले पक्राउ परेकाहरु उपर राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कारवाही चलाउने समेत जानकारी दिएका छन् ।
श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ
सारांश
- सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ की सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका १ की २६ वर्षिया चन्दा कुमारी चौधरीलाई श्रोत नखुलेको ७ लाख ८६ हजार ५ सय रुँपैयासहित प्रहरीले पक्राउ गरेको हो ।
- जिल्लाको रुपनी गाउापालिका १ स्थित खाडो खोलाको पुलमा सोमबार चेकजाचको क्रममा स्कुटीमा सवार उनीहरुको साथबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
- पक्राउ परेकाहरु बारे मंगलबार घटना विवरण सार्वजनिम गर्दै डिएसपी नेउपानेले चेकजाचको क्रममा दुबै जना सवार प्र.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया