दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
श्रोत नखुलेको झण्डै ८ लाख रुपैया सहित दुई जना युवती पक्राउ परेका छन् ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ की सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका १ की २६ वर्षिया चन्दा कुमारी चौधरीलाई श्रोत नखुलेको ७ लाख ८६ हजार ५ सय रुँपैयासहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको रुपनी गाउापालिका १ स्थित खाडो खोलाको पुलमा सोमबार चेकजाचको क्रममा स्कुटीमा सवार उनीहरुको साथबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
पक्राउ परेकाहरु बारे मंगलबार घटना विवरण सार्वजनिम गर्दै डिएसपी नेउपानेले चेकजाचको क्रममा दुबै जना सवार प्र.१–००४८प.३०९० नम्बरको स्कुटीको डिक्कीबाट ७ लाख ५० हजार तथा उनीहरुले लगाएको ज्याकेटबाट ३६ हजार ५ सय रुँपैया बरामद भएको जानकारी दिए ।
उनले पक्राउ परेकाहरु उपर राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कारवाही चलाउने समेत जानकारी दिएका छन् ।
श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ
सारांश
- सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ की सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका १ की २६ वर्षिया चन्दा कुमारी चौधरीलाई श्रोत नखुलेको ७ लाख ८६ हजार ५ सय रुँपैयासहित प्रहरीले पक्राउ गरेको हो ।
- जिल्लाको रुपनी गाउापालिका १ स्थित खाडो खोलाको पुलमा सोमबार चेकजाचको क्रममा स्कुटीमा सवार उनीहरुको साथबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
- पक्राउ परेकाहरु बारे मंगलबार घटना विवरण सार्वजनिम गर्दै डिएसपी नेउपानेले चेकजाचको क्रममा दुबै जना सवार प्र.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया