दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बारा र सिरहा सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमवार बारा र सर्लाही बिच भएको खेलमा बाराले सर्लाहीलाई दुई बिकेटले तथा सिरहाले पर्सालाई १ सय ५६ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
मबिव खेल मैदानमा सर्लाहीले टस जितेर ४७ ओभर ५ बल खेल्दै २ सय १८ रन को योगफल खडा गरेको थियो । जसमा सर्लाहीका सुधिर चौधरी उत्कृष्ट खेल्दै १ सय ३ र विशाल पटेलले ४४ रन जोडे । जवाफमा बाराले ४५ ओभर १ बल खेल्दै ८ बिकेटको क्षतिमा बिजय हात पारेको थियो । जसमा रबी साह ४३ र कुमार थापाले ४३ रन जोडेका थिए । सो खेलमा म्यान अफ दि म्याच कुमार थापा घोषित भए ।
यस्तै पर्सा र सिरहा बिच भएको दोश्रो खेलमा टस जितेर सिरहाले ४८ ओभर ४ बलमा ३ सय ९ रन को योगफल खडा गरेको थियो । जसमा रूपेश सिंह ९७ रन, शैलेन्द्र साह ५७ रन, सुमन गतराज र सुरेश यादबले सामान्य ३२÷३२ रन बनाएका थिए । जवाफमा पर्साले ३७ ओभर १ बलमा सबै बिकेट गुमाएर २ सय ६ रन मात्र बनाउन सकेको थियो । सो खेलमा म्यान अफ दि म्याच रूपेश सिँह घोषित भए ।
मंगलबार पहिलो सेमिफाईनल खेल राजरंगशालामा सप्तरी र बारा तथा दोश्रो सेमिफाइनल मबिव क्याम्पस खेल मैदानमा धनुषा र सिरहा बिच हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश
सारांश
- सोमवार बारा र सर्लाही बिच भएको खेलमा बाराले सर्लाहीलाई दुई बिकेटले तथा सिरहाले पर्सालाई १ सय ५६ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
- मबिव खेल मैदानमा सर्लाहीले टस जितेर ४७ ओभर ५ बल खेल्दै २ सय १८ रन को योगफल खडा गरेको थियो ।
- जसमा सर्लाहीका सुधिर चौधरी उत्कृष्ट खेल्दै १ सय ३ र विशाल पटेलले ४४ रन जोडे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया