सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने 

राजविराज राजविराज
|
आइतबार, आषाढ १५, २०७६
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  •     आइतबार सम्पन्न अन्तिम लिग खेलमा सुरुङ्गाले टस जिति ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारेको थियो ।
  •       सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौक्काको मद्धतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौक्काको मद्दतले ३५ रनको योगदान दिएका थिए ।
  •       यता बलिङतर्फ राजबिराजकी नेरी थापाले २ तथा अस्मिना कर्मचार्य र कविता जोशिले १÷१ बिकेट लिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    राजबिराजमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्र्तगत आईतवार सम्पन्न अन्तिम खेलमा सुरुङ्गा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा पुगेको खडकले सोमबार सुरुङ्गासँग उपाधीका लागि अन्तिम प्रतिष्पर्धा गर्नेछ । 
    आइतबार सम्पन्न अन्तिम लिग खेलमा सुरुङ्गाले टस जिति ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारेको थियो । 
    सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौक्काको मद्धतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौक्काको मद्दतले ३५ रनको योगदान दिएका थिए ।  
    यता बलिङतर्फ राजबिराजकी नेरी थापाले २ तथा अस्मिना कर्मचार्य र कविता जोशिले १÷१ बिकेट लिएका थिए । 
    १ सय १९ रनको चुनौति लिई मैदानमा ओर्लेको राजबिराज सिस्काले २० ओभरमा ७ बिकेटको नोक्सानीमा ८४ रनमै समेटिएको थियो । 
    राजबिराजलाई सस्तोमा समेट्न सुरुङ्गाका अफसरी बेगमले आर्कषक बलिङ गर्दै ४ ओभरमा १२ रन दिई महत्वपुर्ण २ बिकेट लिएका थिए भने सोमु बिष्ट र निशा साहले १÷१ बिकेट लिएका थिए । सो खेलको म्यान अफ द म्याच सुरुङ्गाकी अफसरी बेगम भएका थिए । 
    सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेन सँगको सहकार्यमा सबल नेपालद्वारा असार १३ गतेदेखी सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता संचालनमा रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
नाम झैं सबल बन्दै सबल नेपाल
नाम झैं सबल बन्दै सबल नेपाल
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर