सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते

राजविराज राजविराज
|
सोमबार, चैत्र २०, २०७९
|
|
४० पटक हेरिएको
Shares
सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते

सारांश

  •     पछिल्लो पटक सोमबार जिल्लाको खडक नगरपालिका ११ वडा कार्यालयस्थित हुलाकी सडक खण्डमा ट्याक्टर मोटरसाइकलमा ठोकिदा श्रीमान श्रीमति घाइते भएका छन् ।
  •       पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.
  • १त.

दैनिक समाचारदाता
राजविराज, २० चैत । 

    सप्तरीमा आइतबार र सोमबार भएको विभिन्न सवारी दुर्घटनामा परि दुई महिलासहित चार जना घाइते भएका छन् । 
    पछिल्लो पटक सोमबार जिल्लाको खडक नगरपालिका ११ वडा कार्यालयस्थित हुलाकी सडक खण्डमा ट्याक्टर मोटरसाइकलमा ठोकिदा श्रीमान श्रीमति घाइते भएका छन् । 
    पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.१त. १७०६ नं. को ट्याक्टरले बाटो काट्ने क्रममा सोहि दिशातर्फ जादै गरेको प्रदेश २–०१–००१– प.१६१६ नं. को मोटरसाइकलमा ठोकिन पुगेको प्रहरीले जनाएको छ । 
    सो दुर्घटनामा मोटरसाइकल चालक बोदेबर्साईन ८ निवासी २२ वर्षिय पप्पु ठाकुर र पछाडी सवार उनकी श्रीमती २० वर्षिया मधु देवी ठाकुर घाइते भएका छन् । दुबै जनाको उपचार छिन्नमस्ता अस्पताल राजबिराजमा भईरहेको तथा ट्याक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यता ट्याक्टर चालक फरार रहेकोमा खोजतलास जारि रिहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै आइतबार दिउँसो राजबिराज ८ स्थित सडकखण्डमा रुपनीबाट राजबिराज तर्फ आउदै गरेको स.१प.६४३३ नं.को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको स.१ज.२६४ नं.को म्याजिक एक आपसमा ठोकिदा मोटरसाइकल चालक घाइते भएका छन् । 
    घाइते हुनेमा राजबिराज ८ निवासी ६० वर्षिय प्रदिप चौधरी रहेको प्रहरीले जनाएको छ । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको तथा म्याजिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याजिक चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 
    यसैगरि आइतबारै बोदेबर्साइन ५ शत्रुध्न चौकस्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको स.९ प.४६१२ नं.को मोटरसाइकलले विपरीत दिशाबाट जादै गरेको पैदल यात्रीलाई ठक्कर दिएको छ । 
    ठक्करबाट बोदेबर्साइन ३ गौरा निवासी ४५ वर्षिया मदिना खातुन घाइते भएकी छिन् । उनको स्थानिय जिवन ज्योति अस्पतालमा उपचार भइहरेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु