दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
लामो समयदेखी तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षकहरुको अगुवाईमा बिहीबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
उक्त पालिकाका शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा सो कार्यालयमा तालाबन्दी गरिएको हो ।
यस्तै संघर्ष समितिले पालिकामा तालाबन्दी सँगै बिहीबार नै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प पारेका छन् ।
आफूहरुको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने संघर्ष समितिका संयोजक इन्द्रदेव यादवले बताए । उनका अनुसार पालिकाभित्र रहेका ५ मावि र १३ आधारभूत विद्यालयका करिब १ सय ७५ जना शिक्षक र विद्यालयका कर्मचारीले विगत पाँच महिनादेखी तलब पाउन सकेका छैनन् ।
विगत पाँच महिनादेखी आश्वासन मात्र पाइने गरेकाले बाध्य भई पालिका कार्यालयमा तालाबन्दी नै गर्नु परेको शिक्षक रामदेव साहको भनाई छ । उनले गत साउनदेखी यहाँका शिक्षक र विद्यालय कर्मचारीहरुले तलब पाउन नसकेको सुनाए ।
चाडपर्वका बेला पनि आफूहरुले तलब पाउन नसक्दा गरगहना बन्धकी राखेर काम चलाएको र अहिले त्यसको ब्याज तिर्न पनि समस्या भएको शिक्षकहरुको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दले केही समयअघि सम्पन्न गाउँसभामा देखिएको केही कानुनी जटिलताका कारण समयमै शिक्षक र विद्यालय कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताए ।
गाउँसभा सम्पन्न भएपनि केही किचलो र कानुनी जटिलताका कारण समयमै भुक्तानी दिन समस्या भएपनि आफूहरु तलब खुवाउन लागि परेको उनले बताए । उनले समस्या समाधानका लागि बिहीबार नै प्रमुख जिल्ला अधिकारी किरण थापा, कार्यवाहक अध्यक्ष रेणु कुमारी यादव तथा पालिकाका अन्य जनप्रतिनिधिहरुको बैठक बसी समाधान खोज्ने प्रयास थालिएको जानकारी दिए । उनले भविष्यमा कुनै कानुनी झन्झट आउन नदिन आवश्यक कानुनी प्रक्रिया पुरा गरि छिट्टै तलब निकासाका लागि पहल थालिएको जानकारी समेत दिए ।
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव हाल निलम्बित अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । गाउँपालिका अहिले कार्यवाहक अध्यक्ष भएर उपाध्यक्ष रेणुकुमारी यादवले चलाउँदै आएकी छिन् ।
पाँच महिनादेखी तलब नपाएको भन्दै पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
सारांश
- उक्त पालिकाका शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा सो कार्यालयमा तालाबन्दी गरिएको हो ।
- यस्तै संघर्ष समितिले पालिकामा तालाबन्दी सँगै बिहीबार नै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प पारेका छन् ।
- आफूहरुको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने संघर्ष समितिका संयोजक इन्द्रदेव यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया