राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  

सारांश

  •     समाजवादी पार्टी नगर समिति राजविराजद्वारा विहिवार आयोजित बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।
  •       उनले राजपालाई आफ्नो पार्टीसँग एकता गर्ने बाहेकको विकल्प नरहेको बताउँदै एकता नगरे राजपाको पनि अन्त्य हुने निश्चित रहेको जिकरि गरे ।
  •       उनले अबको राजनीतिक विकल्पको रुपमा समाजवादी पार्टी मात्रै रहेकोले राजपालाई समयमै विचार पु¥याएर एकता गर्न आह्वान समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 
    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य भएर जाने बताएका छन् । 
    समाजवादी पार्टी नगर समिति राजविराजद्वारा विहिवार आयोजित बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले सो कुरा बताएका हुन् । 
    उनले राजपालाई आफ्नो पार्टीसँग एकता गर्ने बाहेकको विकल्प नरहेको बताउँदै एकता नगरे राजपाको पनि अन्त्य हुने निश्चित रहेको जिकरि गरे । 
    उनले अबको राजनीतिक विकल्पको रुपमा समाजवादी पार्टी मात्रै रहेकोले राजपालाई समयमै विचार पु¥याएर एकता गर्न आह्वान समेत गरे । संविधान संशोधनको विषयमा सरकारसँग गम्भिरतापूर्वक कुरा भईरहेको बताउँदै मन्त्री यादवले अब पनि सरकारले संशोधनतर्फ अघि नबढे बाध्य भएर आफुहरु पनि संघर्षको बाटोमा लाग्ने चेतावनी दिए । 
    संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गर्ने वर्तमान सरकारको जिम्मेवारी पनि रहेकोले संशोधनको विषयलाई अविलम्ब सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । 
    समाजवादी नगर समितिका अध्यक्ष भिमराज यादवको अधयक्षतमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वमन्त्री एवं पार्टीका उपाध्यक्ष रेणु यादव, प्रतिनीधि सभा सदस्य डा. सूर्यनारायण यादव, केन्द्रीय सदस्यहरु कैलाश कुमार यादव,  विनोद कुमार चौधरी, सदस्य अशोक कुमार यादव, उमेश यादव, सल्लाहकार सुमन चौधरी, मधेश प्रदेश समितिका सचिव दिनेश कुमार यादव, सप्तरी जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, सदस्यहरु युसुफ अलि, भिम बहादुर तामाङ, राधेश्याम पंडित, अमृत साफी, भारतीय कम्युनिस्ट पार्टीका नेता सत्यनारायण यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तारकेश्वर यादव, समाजवादी महिला संघ सप्तरीका अध्यक्ष मिरा यादव, महिला नेता रमिला साह, पुर्व शिक्षक करण यादव, कलाकार शिवशंकर यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
प्रहरीले पक्राउ गरेको युवामा संक्रमण देखिएपछि पक्राउ गर्ने प्रहरी र आफन्तमा खैलाबैला
प्रहरीले पक्राउ गरेको युवामा संक्रमण देखिएपछि पक्राउ गर्ने प्रहरी र आफन्तमा खैलाबैला
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
ट्याक्टर पल्टिदा चालकको मृत्यु
ट्याक्टर पल्टिदा चालकको मृत्यु